५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासी वर्गीकरणको झन्झटिलो प्रक्रिया सच्याउन विज्ञको सुझाव



अ+ अ-

काठमाडौँ । भूमिहीन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीबीरुको वर्गीकरणमा देखिएको समस्या समाधान गर्न विज्ञहरुले सुझाव दिनुभएको छ । रो

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीवार बसेको बैठकमा भूमिसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै भूमि विज्ञहरुले यस्तो सुझाव दिनुभएको हो ।

भूमिहीनको वर्गीकरण र प्रमाणिकरणको प्रक्रिया झन्झटिलो भएको उहाँहरुको भनाइ छ । भूमिविज्ञ धर्मराज जोशीले केही फारमहरूको अध्ययन भूमिहीनले अव्यवस्थित बसोबासीको फारम भरेको पाइएको भन्दै यसलाई सच्याउन माग गर्नुभयो । उहाँले भूमिहीनलाई न्यूनतम कति जग्गा उपलब्ध गराउने भन्ने मापदण्डसमेत स्पष्ट नभएको भन्दै त्यसको लागि स्पष्ट व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले भूमिहीनको फारमहरुको अध्ययन गर्दाखेरी यसको क्याटेगोरीमै समस्या छ । जतिपनि अहिले फारमहरु आएका छन् । यीनलाई हामीले प्रमाणिकरण वा निक्र्यौल गर्न सकिरहेका छैनौं । कतिपय अवस्थामा भूमिहीनको फारम भर्नुपर्ने मान्छेले अव्यवस्थित बसोबासीको फारम भरेको छ । अव्यवस्थितको भूमिहिनको फारम भरेको अवस्था छ । यो प्राविधिक समस्याको पनि समाधान खोज्नुपर्छ । न्युनतम कति जग्गा प्राप्त गर्ने हो लगायतका विषयमा पनि सच्याउन जरुरी छ ।’

छलफलमा बोल्दै भूमिविज्ञ जगत देउजाले भूमिहीनको समस्या समाधान गर्नेगरी विधेयक आउनुपर्ने माग गर्नुभयो । भूमिसम्बन्धी विगतमा बनेका आयोगहरुको असफलताका कारण आम नागरिकमा नकारात्मकता उत्पन्न भएको भन्दै यसमा गम्भीर हुन उहाँले समितिको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो विधेयक समाजमा रहेका भूमिपीडितको न्यायसँग जोडिएको विषय हो । जुन वर्ग अझै संगठित भइसकेको छैन । यो वर्गको आवाज पनि माननीय सदस्यज्यूहरु नै हो । उहाँहरु शिक्षक भइदिएको भए । यतिखेर उनीहरु पनि आन्दोलनमा आउँथे होलान् । तर उनीहरु संगठित नभएको हुनाले आउन सकिरहेको अवस्था छैन । सुकुम्बासी आयोगहरुको हिजोको असफलताका कारण ति आयोगहरुलाई हेर्ने हाम्रो दृष्टिकोणमा निकै नकारात्मकता आइसकेको रहेछ । अब हामीले फरक तरिकाबाट सोच्न जरुरी छ । कुनैकुनै कानूनहरु निर्माण हुँदा पनि कार्यान्वयनमा समस्या हुुँदा पगि गाह्रो भइरहेको छ ।’

उहाँले कानुन बने पनि कार्यान्वयनमै समस्या देखिएको विगतको अनुभव दोहोरिन नदिन सरकार र सांसदहरू सचेत हुनुपर्नेमा जोड दिनुभयो ।-