२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटग्रस्त क्षेत्रको खानेपानी समस्या समाधान गर्न बजेट प्रबन्ध गर्न समितिको निर्देशन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेश प्रदेशसहित देशका विभिन्न भूभागमा देखिएको खानेपानी समस्या समाधानका लागि उचित बजेटको प्रबन्ध गर्न सरकारका सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ ।

समितिको सिंहदरबारमा बसेको बैठकले खानेपानीको संकटग्रस्त क्षेत्रका लागि तत्काल आवश्यक बजेट व्यवस्था गरी माग सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो।

समिति सभापति कमलादेवी पन्तले खानेपानीको समस्या आपत्कालीन प्रकृतिको भएकाले साबिकको बजेट सीमाभित्र रहेर काम गर्न अप्ठ्यारो हुने बताउनुभयो। उहाँका अनुसार, हाल विनियोजन भएको बजेटले मात्र यो समस्या समाधान गर्न सक्ने अवस्था छैन। “पानीको समस्या आपत्कालीन हो भनेर मधेश प्रदेशले घोषणा पनि गरिसकेको छ। यस्तो अवस्थामा वार्षिक बजेटको सीमाभित्र बसेर काम गर्ने बेला होइन। खानेपानी मन्त्रालयलाई पनि काम गर्न सहज होस् भनेर बजेटको प्रबन्ध गर्न निर्णय गरिएको हो,” उहाँले भन्नुभयो।

निर्णय सुनाउँदै सभापति पन्तले भन्नुभयो, “मधेश प्रदेशलगायत देशका विभिन्न भूभागमा देखिएको खानेपानी समस्याको समाधान गर्न संकटग्रस्त क्षेत्रका लागि तत्काल आवश्यक बजेट व्यवस्था गरी माग सम्बोधन गर्न नेपाल सरकार, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र खानेपानी मन्त्रालयलाई निर्देशन गर्दछु।”

साथै, समितिले खानेपानी तथा स्वच्छतासम्बन्धी दिगो विकास लक्ष्य अनुसार काम गर्न एक उपसमिति समेत गठन गरेको छ। खानेपानी तथा स्वच्छताको क्षेत्रमा देखिएका तत्कालीन, मध्यकालीन र दीर्घकालीन समस्याहरूको अध्ययन गरी उपयुक्त सुझाव तयार गर्न उक्त उपसमिति गठन गरिएको हो। उर्मिला अर्यालको संयोजकत्वमा गठित उपसमितिमा नारायणदत्त भट्ट, सावित्री मल्ल, शारदादेवी भट्ट र पूजा चौधरी सदस्य रहनुभएको छ।




भर्खरै