२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विविधतापूर्ण संस्कृतिको धनी देश होः मन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल विविधतापूर्ण संस्कृतिको धनी देश भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा सातौं राष्ट्रिय खिर खाने दिवसको (साउन १५) को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालमा विभिन्न चाडपर्व, संस्कृति, रितिरिवाज, भाषा, भेषभुषा रहेको र नेपाल सांस्कृतिक रुपले पनि धनी रहेको बताउनु भयो । नेपाल बहुसांस्कृतिक देश भएको बताउँदै नेपालीहरुले खाने खानपान र लगाउने भेषभुषाहरु संस्कृतिसँग मात्रै नभइ विज्ञान, जीवनदर्शनसँग सम्बन्धित रहेको बताउनु भयो । असार १५ मा बलियो बन्नका लागि खिर खाइने र उर्जाशिल भएर काम गर्ने र साउन १५ मा खेतीपाती सकिसकेपछि स्वस्थ रहन र चिसोमा भिजेको शरीरलाई न्यानो बनाउन खिर खाने परम्परा रहेको बताउनु भयो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘हामी नेपालीहरु विविधतापूर्ण संस्कृति अवलम्वन गर्ने देशवासीको रुपमा हामी छौँ । हाम्रा विभिन्न चाडपर्व छन्, भेषभुषाहरु छन् । बहुभाषी छौँ हामी । सांस्कृतिक दृष्टिकोणले पनि बहुसंस्कृतिले हामी ओतप्रोत छौँ । त्यसले सम्पन्न छौँ । हाम्रा खानपान, भेषभुषाका विशेषताहरु संस्कृति मात्रै नभइ विज्ञान, जीवन दर्शनसँग पनि सम्बन्धित छन् । खिर खाने साउन १५ को चाड पनि त्यही दृष्टिकोणले हामी सबै नेपालीले मनाइरहेका छौँ । नेपाल कृषिप्रदान देश । खेतमा जानुपर्ने, काम गर्नुपर्ने, असार, साउनमा, खेतीपातीमा पानीमा भिज्नुपर्ने विभिन्न कारणले शरीरमा चिसो पस्ने असार १५ को दिन दहि चिउरा खाएर उर्जा उत्पन्न गर्दछौँ । असारभर अझ काम गर्नुपर्छ । लगभग अब खेतीपातीको काम सकियो, चिसोमा धेरै खेल्नुपर्ने समय हो । अब खिर खाएर शरीरमा लागेको चिसोलाई भगाउने गरी शरीरलाई स्वस्थ राख्न गरिएको पर्व हो ।’

मन्त्री पाण्डेले यस्ता पर्वहरुले नेपालको मौलिक पहचान, संस्कृतिलाई प्रवद्र्धन गर्ने र नयाँ पुस्ताले पनि ग्रहण गर्दै जानुपर्ने बताउनु भयो ।




भर्खरै