२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिनल्याण्डका महेश ताम्बेले टी–२० मा बनाए विश्व कीर्तिमान, ८ बलमा ५ विकेट लिए



अ+ अ-

काठमाडौँ । फिनल्याण्डका महेश ताम्बे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम समयमा ५ विकेट लिने बलर बनेका छन् ।

इस्टोनिया विरुद्धको खेलमा ताम्बेले ८ बलमा ५ ब्याट्सम्यानलाई पभेलियन पठाए ।

यसअघि यो रेकर्ड बहराइनका जुनैद अजिजको नाममा थियो, जसले २०२२ मा जर्मनीविरुद्ध मात्र १० बलमा ५ विकेट लिएका थिए । ताम्बेले आइतबार फिनल्याण्ड र इस्टोनियाबीच खेलिएको तेस्रो टी–२० खेलमा यो उपलब्धि हासिल गरेका हुन् ।

यस खेलमा फिनल्याण्डले पहिले बलिङ गर्दै इस्टोनियालाई १९.४ ओभरमा १४१ रनमा अलआउट गरेको थियो । एक समयमा इस्टोनियाले २ विकेट गुमाएर १०४ रन बनाएको थियो र ठूलो स्कोर बनाउन तयार देखिन्थ्यो, तर महेश ताम्बेले आफ्नो उत्कृष्ट बलिङले उनीहरूको इनिङलाई ध्वस्त पारे ।

ताम्बेले स्टीफन गुच, साहिल चौहान, मुहम्मद उस्मान, रूपम बरुआ र प्रणय गीवालाको विकेट लिए । ताम्बेले यी पाँच ब्याट्सम्यानलाई केवल १.२ ओभर (८ बल) मा आउट गरे । उनले २ ओभरमा १९ रन दिएर ५ विकेट लिए ।

फिनल्याण्डले १४२ रनको लक्ष्य १८.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्दै ५ विकेटले जित हात पार्यो । फिनल्याण्डका लागि अरविन्द मोहनले सर्वाधिक ६७ रन बनाए । उनले फराज मेहती अब्बास (१९) र जोर्डन ओुब्रायन (१८)सँग ६० बलको अविजित इनिङमा महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई जित दिलाए । यो जितसँगै फिनल्याण्डले टी–२० शृङ्खला २–१ ले जितेको छ ।