काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका एकै परिवारका १६ जना बेपत्ता भएका छन् । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पामा बस्दै आएका १६ जना बेपत्ता भएका हुन् ।
उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएका थिए । बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ जना ज्वाइँ रहेका छन् ।
प्रहरीले टेलिफोन ट्र्याकिङ गर्दा मोबाइलको अन्तिम लोकेशन रामेछापमा देखाएको बताइन्छ ।
प्रहरीले उनीहरूको नाता, सम्बन्ध भएको सबै ठाउँमा खोजी कार्य गरिरहेको छ ।
उनीहरूको घरको पालीमा खरको छानाले बनाएको भान्सामा १–२ दिन पहिले नै आगलागी भएको देखिएको तर घरको अन्य भागमा क्षति नभएको प्रहरी बताउँछ ।
स्थानीयका अनुसार घरमा रहेका पशुचौपाया सुरक्षित नै रहेका छन् ।










