१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाली गरेका भरमा,पद पाईदैन कि भन्ने डरले सत्य छोड्न सकिदैन



अ+ अ-

कस्ले कस्लाई छोड्यो ? कस्ले के छोड्यो ? मुल्याडकन आफै गर्नु होला । म त यही मान्यताको पक्षमा उभिरेहेको छु । जो कमरेड केपी शर्मा ओलीले पार्टी जीवनको लोकतान्त्रिकरण गर्न भनी उठाउनु भएको थियो र पार्टीले स्वीकार गरी दुई कार्यकाल र ७० वर्षको उमेर हद लगाएको हो ।

महाधिवेशनसम्मै यी मुद्धामा स्वस्थ्य छलफल गरौ ।”कम्युनिस्ट आन्दोलनमा नेतृत्व हस्तान्तरणको विषय एउटा गम्भिर समस्याको रुपमा देखापरेको छ । पार्टीमा स्वेच्छिक अबकासको व्यवस्था नहुनु, उमेर या कार्यकालको हद निर्धारण नहुनु र नेतृत्व हस्तान्तरणको आबश्यक प्रबन्ध नहुनु आदी कारणले गर्दा नेतृत्वमा रहेको व्यक्ति लामो समयसम्म ( कतिपय सन्दर्भमा आजीवन पनि) नेतृत्वमा टिकिरहन चाहाने, पदबाट हट्दा अयोग्य भएको ठहरिने मनोबैज्ञानिक भयबाट त्रसित हुने र पदमा टिकिरहन अनेकौ वाञ्छित अवाञ्छित प्रयत्नहरु गर्ने तथा पद प्राप्त गर्न चाहनेले पनि बैध अबैध उपायहरु अबलम्बन गर्ने स्थिति देखा परेको छ ।

यसले नेतृत्वको सहज हस्तान्तरणमा मात्रै बाधा पुर्याएको छैन, नेतृत्व परिवर्तनको लागि अस्वस्थ्य होडवाजी, गुटबन्दी र षडयन्त्रमुलक कृयाकलापलाई पनि जन्माउने काम गरेको छ । यसले आजको तिब्र प्रतिस्पर्धाको समयमा युवा पुस्ताबाट नेतृत्वको विकासमा अवरोध सिर्जना गरिरहेको छ । परिस्थितिले यस समस्याको समाधानको लागि ठोस र मुर्त प्रबन्धको माग गरिरहेको छ । ””पार्टी जीवनको लोकतान्त्रिकरण कुनै पदको भागबण्डा या अधिवेशनको बेला हुने निर्बाचनको प्रश्नमात्रै होइन ।

यसको सार हो, पार्टीमा आम सदस्यहरुको सार्वभौमिकताको स्थापना, नीति निर्माण र निर्णय प्रकृयामा उनीहरुको स्वामित्वको प्रत्याभूति, कार्यकर्ताको स्वेच्छिक चयनको आधारमा नेतृत्व निर्माण र उपयुक्त विधिद्धारा जिम्मेवारी वितरणसहित सामुहिक नेतृत्वको स्थापना, पार्टीभित्र बैचारिक राजनीतिक बहसको जीवन्त उपस्थिति, विचारकै आधारमा विभेद नहुने कुराको ग्यारेन्टी, माथिल्लो कमिटी र नेतृत्वको कामको निश्चित विधिद्धारा जवाफदेहीताको सुनिश्चितता, नेतृत्व युवा पुस्तामा क्रमशः हस्तान्तरणका लागि मुख्य पदहरुमा दुई कार्यकालको सिमा निर्धारण, आदी । अर्थात सारमा पार्टी लोकतान्त्रिकरण पार्टी जीवनमा नयाँ रक्त सञ्चार गर्ने विधि हो ।

पार्टी नेतृत्वमा पुगेपछि सिंगो पार्टी नभनेर सस्थापन भन्ने र आफ्ना अन्धसमर्थक र पक्षहरुको हितको निम्ति काम गर्ने, अलिकति असहमति वा फरक विचार राख्ने चिन्तनशिल र सिर्जनशिल साथीहरुलाई शत्रु ठान्ने, भजन सुन्न मन पराउने, आलोचना सुन्न परे कान टक्टक्याउने र भजनमण्डलीलाई स्थान दिन खोज्ने संकिर्णताले पार्टी जीवनलाई अस्वस्थ्य बनाउने भएकाले त्यस्ता तरिकाहरुलाई हटाउनु र स्वस्थ लोकतान्त्रिक विधि र व्यवहार अपनाउनु आवश्यक छ ।’

म विचारको निरन्तरतामा छु । कमिटीमा पहिले देखि यस्ता विचार राख्दै आएको हो । लोकतान्त्रिक मूल्य र मान्यताको लडाइँ हो । व्यक्ति संग न आग्रह न पुर्वाग्रह ।

दशौ राष्टिय महाधिवेशन पछि हालसम्मको यस अवघिलाई हेर्ने हो भने पार्टी इतिहासमै सबैभन्दा बढि गुटबन्दीमा पार्टी अल्झीएको छ । विगतको कैयन समयमा पार्टीको नेतृत्व, नीति, विचार र विश्लेषणमा विभिन्नताहरु थिए जसका कारण फरक फरक बुझाईहरु रहने गर्दथे । यस अवघीमा मुल नेतृत्व र पार्टी नीतिमा कही पनि मतभेद छैन तर पार्टी अध्यक्ष र महासचिवको नाम लिदै उहाँले यस्तो भन्नु भएको छ उस्तो भन्नु भएको छ भनेर तलतलसम्म आफ्नो स्वार्थका रोटी सेक्ने काम भएको छ ।

पार्टी कार्यालयमै बसेर देशभरी गुटलाई प्रश्रय दिने काम भएको छ । केही सिमित मानिसहरु पार्टीका आधिकारिक व्यक्ति बन्ने र अरुलाई दोश्रो दर्जाको सदस्यको रुपमा व्यवहार गर्ने गलत प्रबृत्तिहाबी भएको छ । विश्व कम्युनिष्ट आन्दोलनमा पार्टी भनेको केन्द्रीय कमिटी, केन्द्रीय कमिटी भनेको महासचिव वा अध्यक्ष, पार्टी निर्णय भनेको केही निश्चित व्यक्तिहरु बसेर गरेको सल्ल्लाहा र त्यसलाई औपचारिकता दिन कमिटीका बैठक भन्ने गलत अभ्यासलाई जनताको बहुदलिय जनवादले सच्यायो ।

पार्टी जीवनको आन्तरिक लोकतान्त्रिकरणको नीतिबाट पार्टीका सबै सदस्यलाई सार्वभौम बनाउने महत्वपूर्ण उपलव्धी नेपालको कम्युनिष्ट आन्दोलनले प्राप्त गर्यो । त्यस बमोजिमको व्यवहार हुन सकिरहेको छैन । हामी खासखास समयमा चुकिरहेका छौ । एमालेलाई निर्णायक राष्टिय शक्ति बनाउनको लागि गुटबन्दी अन्त्य गरिनु पर्दछ ।”

अन्त्यमा

यस पुस्तकलाई सकेजति गहिरिएर पढ्नु। अनि बहस गर्न आउनु । यी मान्यता मानेको भए एमालेको बहसको विषय व्यक्ति केन्द्रीत होइन, नेपाली विशेषताको समाजवाद बारे हुने थियो । गाली गलौजवालाहरूले ठाउँ नै पाउने थिएनन । गाली गरेका भरमा,पद पाईदैन कि भन्ने डरले सत्य छाेड्न त सकिदैन है ।