२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार News Polar सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट News Polar लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर News Polar शिक्षा ऐनमा निजी विद्यालयका विषय समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव News Polar भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा News Polar आज दिनभर झरी, शनिबारदेखि सुधार हुने News Polar अस्थायी आवास बनाउन चाहने सङ्घसंस्थबाट प्रस्ताव आह्वान News Polar दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी News Polar दसैँमा एटीएमबाटै रु १०० का नयाँ नोट पाइने News Polar नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै News Polar लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर गुल्मीमा एकजनाको मृत्यु News Polar सरकारले जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार गर्‍यो News Polar तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar राष्ट्रिय दलित आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar हावाहुरी र वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित, आजै प्रतिवेदन पारित गर्ने तयारी News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र नामावली सच्याउन दिउँसो २ बजेसम्मको समय News Polar जनकपुरधाममा दशैँको तयारी तीव्र, राजदेवी मन्दिरसहित दर्जनौँ स्थानमा भव्य पूजा हुने

गाली गरेका भरमा,पद पाईदैन कि भन्ने डरले सत्य छोड्न सकिदैन

पार्टी अध्यक्ष र महासचिवको नाममा देशभरि गुट चलाइएको छ

गाली गरेका भरमा,पद पाईदैन कि भन्ने डरले सत्य छोड्न सकिदैन
अ अ+ अ-

कस्ले कस्लाई छोड्यो ? कस्ले के छोड्यो ? मुल्याडकन आफै गर्नु होला । म त यही मान्यताको पक्षमा उभिरेहेको छु । जो कमरेड केपी शर्मा ओलीले पार्टी जीवनको लोकतान्त्रिकरण गर्न भनी उठाउनु भएको थियो र पार्टीले स्वीकार गरी दुई कार्यकाल र ७० वर्षको उमेर हद लगाएको हो ।

महाधिवेशनसम्मै यी मुद्धामा स्वस्थ्य छलफल गरौ ।”कम्युनिस्ट आन्दोलनमा नेतृत्व हस्तान्तरणको विषय एउटा गम्भिर समस्याको रुपमा देखापरेको छ । पार्टीमा स्वेच्छिक अबकासको व्यवस्था नहुनु, उमेर या कार्यकालको हद निर्धारण नहुनु र नेतृत्व हस्तान्तरणको आबश्यक प्रबन्ध नहुनु आदी कारणले गर्दा नेतृत्वमा रहेको व्यक्ति लामो समयसम्म ( कतिपय सन्दर्भमा आजीवन पनि) नेतृत्वमा टिकिरहन चाहाने, पदबाट हट्दा अयोग्य भएको ठहरिने मनोबैज्ञानिक भयबाट त्रसित हुने र पदमा टिकिरहन अनेकौ वाञ्छित अवाञ्छित प्रयत्नहरु गर्ने तथा पद प्राप्त गर्न चाहनेले पनि बैध अबैध उपायहरु अबलम्बन गर्ने स्थिति देखा परेको छ ।

यसले नेतृत्वको सहज हस्तान्तरणमा मात्रै बाधा पुर्याएको छैन, नेतृत्व परिवर्तनको लागि अस्वस्थ्य होडवाजी, गुटबन्दी र षडयन्त्रमुलक कृयाकलापलाई पनि जन्माउने काम गरेको छ । यसले आजको तिब्र प्रतिस्पर्धाको समयमा युवा पुस्ताबाट नेतृत्वको विकासमा अवरोध सिर्जना गरिरहेको छ । परिस्थितिले यस समस्याको समाधानको लागि ठोस र मुर्त प्रबन्धको माग गरिरहेको छ । ””पार्टी जीवनको लोकतान्त्रिकरण कुनै पदको भागबण्डा या अधिवेशनको बेला हुने निर्बाचनको प्रश्नमात्रै होइन ।

यसको सार हो, पार्टीमा आम सदस्यहरुको सार्वभौमिकताको स्थापना, नीति निर्माण र निर्णय प्रकृयामा उनीहरुको स्वामित्वको प्रत्याभूति, कार्यकर्ताको स्वेच्छिक चयनको आधारमा नेतृत्व निर्माण र उपयुक्त विधिद्धारा जिम्मेवारी वितरणसहित सामुहिक नेतृत्वको स्थापना, पार्टीभित्र बैचारिक राजनीतिक बहसको जीवन्त उपस्थिति, विचारकै आधारमा विभेद नहुने कुराको ग्यारेन्टी, माथिल्लो कमिटी र नेतृत्वको कामको निश्चित विधिद्धारा जवाफदेहीताको सुनिश्चितता, नेतृत्व युवा पुस्तामा क्रमशः हस्तान्तरणका लागि मुख्य पदहरुमा दुई कार्यकालको सिमा निर्धारण, आदी । अर्थात सारमा पार्टी लोकतान्त्रिकरण पार्टी जीवनमा नयाँ रक्त सञ्चार गर्ने विधि हो ।

पार्टी नेतृत्वमा पुगेपछि सिंगो पार्टी नभनेर सस्थापन भन्ने र आफ्ना अन्धसमर्थक र पक्षहरुको हितको निम्ति काम गर्ने, अलिकति असहमति वा फरक विचार राख्ने चिन्तनशिल र सिर्जनशिल साथीहरुलाई शत्रु ठान्ने, भजन सुन्न मन पराउने, आलोचना सुन्न परे कान टक्टक्याउने र भजनमण्डलीलाई स्थान दिन खोज्ने संकिर्णताले पार्टी जीवनलाई अस्वस्थ्य बनाउने भएकाले त्यस्ता तरिकाहरुलाई हटाउनु र स्वस्थ लोकतान्त्रिक विधि र व्यवहार अपनाउनु आवश्यक छ ।’

म विचारको निरन्तरतामा छु । कमिटीमा पहिले देखि यस्ता विचार राख्दै आएको हो । लोकतान्त्रिक मूल्य र मान्यताको लडाइँ हो । व्यक्ति संग न आग्रह न पुर्वाग्रह ।

दशौ राष्टिय महाधिवेशन पछि हालसम्मको यस अवघिलाई हेर्ने हो भने पार्टी इतिहासमै सबैभन्दा बढि गुटबन्दीमा पार्टी अल्झीएको छ । विगतको कैयन समयमा पार्टीको नेतृत्व, नीति, विचार र विश्लेषणमा विभिन्नताहरु थिए जसका कारण फरक फरक बुझाईहरु रहने गर्दथे । यस अवघीमा मुल नेतृत्व र पार्टी नीतिमा कही पनि मतभेद छैन तर पार्टी अध्यक्ष र महासचिवको नाम लिदै उहाँले यस्तो भन्नु भएको छ उस्तो भन्नु भएको छ भनेर तलतलसम्म आफ्नो स्वार्थका रोटी सेक्ने काम भएको छ ।

पार्टी कार्यालयमै बसेर देशभरी गुटलाई प्रश्रय दिने काम भएको छ । केही सिमित मानिसहरु पार्टीका आधिकारिक व्यक्ति बन्ने र अरुलाई दोश्रो दर्जाको सदस्यको रुपमा व्यवहार गर्ने गलत प्रबृत्तिहाबी भएको छ । विश्व कम्युनिष्ट आन्दोलनमा पार्टी भनेको केन्द्रीय कमिटी, केन्द्रीय कमिटी भनेको महासचिव वा अध्यक्ष, पार्टी निर्णय भनेको केही निश्चित व्यक्तिहरु बसेर गरेको सल्ल्लाहा र त्यसलाई औपचारिकता दिन कमिटीका बैठक भन्ने गलत अभ्यासलाई जनताको बहुदलिय जनवादले सच्यायो ।

पार्टी जीवनको आन्तरिक लोकतान्त्रिकरणको नीतिबाट पार्टीका सबै सदस्यलाई सार्वभौम बनाउने महत्वपूर्ण उपलव्धी नेपालको कम्युनिष्ट आन्दोलनले प्राप्त गर्यो । त्यस बमोजिमको व्यवहार हुन सकिरहेको छैन । हामी खासखास समयमा चुकिरहेका छौ । एमालेलाई निर्णायक राष्टिय शक्ति बनाउनको लागि गुटबन्दी अन्त्य गरिनु पर्दछ ।”

अन्त्यमा

यस पुस्तकलाई सकेजति गहिरिएर पढ्नु। अनि बहस गर्न आउनु । यी मान्यता मानेको भए एमालेको बहसको विषय व्यक्ति केन्द्रीत होइन, नेपाली विशेषताको समाजवाद बारे हुने थियो । गाली गलौजवालाहरूले ठाउँ नै पाउने थिएनन । गाली गरेका भरमा,पद पाईदैन कि भन्ने डरले सत्य छाेड्न त सकिदैन है ।