१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश

मिथिलामा उत्सवका रूपमा तुलसीको दल राखिँदै

मिथिलामा उत्सवका रूपमा तुलसीको दल राखिँदै
अ अ+ अ-

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो । पूर्वीय दर्शन परम्परामा तुलसीको निकै महत्व रहँदै आएको छ । विविध औषधीय गुणले युक्त तुलसी जेठ शुक्ल एकादशीका दिन दल राखेर एक महिनापछि असार शुक्ल एकादशीका दिन पवित्र मठमा रोप्ने हिन्दू मैथिल परम्परा छ । हरिशयनी भनिने असार शुक्ल एकादशीका दिन आराध्यदेव भगवान् विष्णु समुद्रमा शयन गर्ने र हरिबोधिनी भनिने कात्तिक शुक्ल एकादशीका दिन जागा हुने हिन्दू जनविश्वास छ ।

धरातल (पृथ्वी) मा रहेका वनस्पतिमा तुलसीलाई ‘अमृत’ का रूपमा औषधीय महत्वको मानिँदै आइएको छ । खासगरी भगवान् विष्णुसँग जोडिने सबै अनुष्ठानमा तुलसी पत्र ९पात०  अनिवार्य मानिने हुँदा हिन्दू मैथिल घरघरमै पवित्र मठ बनाएर तुलसी रोपण गरिन्छ । जेठ शुक्ल एकादशी अर्थात् आज दल राखिएको तुलसी एक महिनापछि रोप्न योग्य हुने मान्यताअनुरूप असार शुक्ल एकादशीकै दिन पारेर रोपिन्छ । तुलसीको धार्मिक मात्र नभएर दैनिक जीवनमा औषधीय महत्व निकै भएकाले यो अनिवार्य र अतिआवश्यकीय वनस्पति हो भन्ने सचेतनाका लागि जेठ शुक्ल र असार शुक्ल एकादशी हिन्दू मैथिल परम्परामा महत्वपूर्ण पर्व मानिँदै आइएकोे पूर्वीय परम्परा र कर्मकाण्डका ज्ञाता महोत्तरीको बर्दिवास–२ का पण्डित महेशकुमार झा बताउनुहुन्छ ।

आयुर्वेदमा तुलसीको महत्वबारे वर्णन गरिनुका साथै मठ (तुलसी रोपिने ठाउँ) लाई पवित्र मानिएको छ । तुलसीका बिरुवाले वरिपरिका विभिन्न विषाक्त वायु हटाउने र सबै प्रकारका प्रदूषण हटाएर वातावरण स्वच्छ बनाउने विश्वास गरिन्छ । सनातन हिन्दू परम्परामा मृत्यु श्ययामा पुग्दासमेत तुलसी मिश्रित जलले सेचन गर्ने र  पियाउने परम्परा रहेको छ । यसले आत्मा पवित्र हुने र मोक्ष प्राप्ति हुने विश्वास रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस ९विद्यापीठ० का साहित्य विषयका उपप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।
 
हिन्दू मैथिल परम्परामा तुलसीको दल राख्नु एक दिनपूर्व वर्षभरिका धार्मिक अनुष्ठानमा प्रयोग गरिने पूmलका दल राख्ने परम्परा छ । गङ्गा दशहरा भनिने जेठ शुक्ल दशमीकै दिन पवित्र गङ्गा (नदी) पृथ्वीमा झरेकी (गङ्गालाई माता भनिने परम्पराअनुसार स्त्रीवाचक शब्दको प्रयोग गरिन्छ) मान्यताअनुसार मिथिलामा कमला नदीलाई गङ्गाको महत्व दिँदै नदी सचेतना यात्रा शुरु गरिने परम्परा छ ।
 यस अवसरमा ‘कमला जलाधार संरक्षण अभियान नेपाल’ ले पानीको महत्व उजागर गर्दै ‘पानी रे पानी’ कार्यक्रम गरेर कमलाको उद्गमस्थल चुरे पहाडदेखि गङ्गामा समाहित हुने ठाउँसम्म सरसफाइ सचेतना अभियान सञ्चालन गर्दै आएको छ । यसपालि जेठ शुक्ल दशमीका दिन सोमबार नै अभियान शुरु भएको अभियानका संस्थापकमध्येका धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया बताउनुहुन्छ ।