९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ विधेयक प्रस्ताव

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ विधेयक प्रस्ताव
भोलोदिमिर जेलेन्स्की/ फाइल फोटो
अ अ+ अ-

किएभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भ्रष्टाचार विरोधी निकायको स्वतन्त्रताको प्रत्याभूति दिने विधेयकको मस्यौदालाई आफूले अनुमोदन गरेको बताउनुभएको छ ।

यी परिवर्तनहरूले फेब्रुअरी २०२२ मा रूसी आक्रमणपछि युक्रेनको प्रमुख सहयोगी युरोपेली सङ्घमा पनि चिन्ता प्रकट गरिएको छ । युरोपेली एकीकरणका लागि सुधारहरू आवश्यक रहेको इयूले बताउँदै आएको छ ।

जेलेन्स्कीले भ्रष्टाचारविरोधी निकायसम्बन्धी नयाँ विधेयक बुधबार संसद्मा पेश गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “मैले भर्खरै युक्रेनमा कानूनको शासनको वास्तविक सुदृढीकरण, भ्रष्टाचारविरोधी निकायहरूको स्वतन्त्रता र कुनै पनि रूसी प्रभाव वा हस्तक्षेपबाट कानूनको शासनको भरपर्दो सुरक्षाको ग्यारेन्टी गर्ने कानूनको मस्यौदाको पाठलाई अनुमोदन गरेको छु।”

उहाँले नयाँ विधेयक बिहीबार संसद्मा पेश गरिने जानकारी दिनुभयो । “यो महत्वपूर्ण छ र हामी सबै युक्रेनीहरूको स्थितिको सम्मान गर्दछौं र युक्रेनको साथमा उभिने सबैप्रति आभारी छौं,” उहाँले भन्नुभयो ।

भ्रष्टाचार विरोधी प्रमुख निकायहरूको स्वतन्त्रता हटाउने परिवर्तनहरूको विरोधमा यस हप्ता युक्रेनभरि हजारौँले सडकमा प्रदर्शन गरेका थिए ।

तीन वर्षअघि युद्ध सुरु भएयता यो देशको पहिलो ठूलो प्रदर्शन हो । संसद्ले द्रुत गतिमा अनुमोदन गरेको र सोही दिन जेलेन्स्कीले हस्ताक्षर गरेको उक्त कानुनले युक्रेनको राष्ट्रिय भ्रष्टाचार विरोधी ब्यूरो (एनएबियू) र विशेष भ्रष्टाचार विरोधी अभियोजकको कार्यालय (एसएपिओ) लाई अभियोजक जनरलको प्रत्यक्ष अधिकारअन्तर्गत राख्छ । यो पदको नियुक्ति राष्ट्रपतिले गर्ने प्रावधान राखिएको छ ।(रासस/एएफपी)