१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे शिक्षक हत्याः आरोपितको नामावली सार्वजनिक कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालसम्बन्धी विधेयक आपत्तिजनक छ, जस्ताको त्यस्तै पारित हुन दिँदैनौँः महामन्त्री थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ आपत्तिजनक रहेको बताउनुभएको छ ।

काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले संसदमा सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता गराएको तर यसलाई जस्ताको त्यस्तै पारित हुन नदिने बताउनु भयो । उहाँले सामाजिक सञ्जालसम्बन्धी विषय प्रधानमन्त्रीदेखि हुनेवाला प्रधानमन्त्रीसम्मका लागि महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले विधेयकमा रहेको विषयवस्तुहरु आधारभुत रुपमा नै गलत रहेको बताउनु भयो । विधेयकले अहिलेको पुस्ताको अधिकारलाई नियन्त्रण गर्ने बताउनु भयो । सामाजिक सञ्जालको सही प्रयोग गर्नेतर्फ लैजानुपर्नेमा डराएर नियन्त्रणमुखी विधेयक ल्याएको महशुस भएको बताउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘प्रधानमन्त्रीदेखि हुनेवाला प्रधानमन्त्रीसम्मलाई यो विषय चाहिएको छ । त्यसको प्रमाण अहिले संसदमा आएको विधेयक हो । संसदमा आएको विधेयक आपत्तिजनक छ । त्यो विधेयक जस्ताको त्यस्तै पारित हुँदैन । हामी हुन दिन्नौँ । त्यसको कन्सेप्ट, फण्डामेण्ट्ली त्यो गलत छ । आधारभुत रुपमा किन गलत छ भने यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने सोचबाट आएको छ । त्यो नियन्त्रण गर्नुपर्छ भन्ने सोचबाट किन आयो भने हामी त्योसँग डराइयो । किन डराइयो भने यो के हो भन्ने नै बुझिएन । त्यसको बारेमा चिन्तन नगर्दा बुझिएन । अहिलेको जेनजी पुस्ताले इन्टरनेट नभएको समयको कल्पनै गर्द सक्दैनन् । उनीहरुले जन्मिँदै देखेर आएका छन् । सोसल मिडिया, सोसल नेटवर्क यो अवसर हो । यसको प्रयोग पनि हुन्छ, यसको कतिपय ठाउँमा खराब प्रयोग पनि भएको छ ।’

महामन्त्री थापाले सामाजिक सञ्जालबाट कोही पनि टाढिन नसक्ने बताउनु भयो । उहाँले सामाजिक सञ्जाल जीवनको एउटा भाग बनिसकेको बताउनु भयो ।