७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग

कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) निकट नेपाल कर्मचारी संगठनले संघ, प्रदेश र स्थानीय तहका सबै कर्मचारीहरुलाई निजामति सेवामा समावेश गर्न माग गरेको छ ।

शहीद स्मृति दिवसका अवसरमा आयोजना हुने कार्यक्रमहरुको जानकारी दिन बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संगठनले उक्त माग गरेको हो ।

कार्यालय सहयोगीबाहेक अन्य पदहरुमो टे«ड युनियन गठनको अधिकार सुनिश्चित गरिनुपर्ने संगठनको माग छ । पत्रकार सम्मेलनमा बोल्दै संगठनका प्रवक्ता रामचन्द्र अधिकारीले संघीय निजामति सेवा विधेयकमार्फत कर्मचारीको तह र श्रेणी समायोजन, निवृत्तिभरण, करार सेवामा कार्यरत कर्मचारीहरुको स्थायीत्व लगायतका मागहरु सम्बोधन गरिनुपर्ने बताउनु भयो । उहाँले विधेयकमार्फत कर्मचारीको हक र अधिकार सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै कर्मचारीहरुलाई निजामतिको परिषामा समावेश गर्नुपर्ने, कार्यालय प्रमुख हुनेबाहेक आठौँ तहमुनिका कर्मचारीहरुको हकहितका लागि आधिकारिक टे«ड युनियन गठन हुनुपर्ने, कुनैपनि पदमा पाँच वर्ष सेवा गरेको कर्मचारीको एक तह वृद्धि र दश वर्ष काम गरेको कर्मचारीको तोकिएको शैक्षिक योग्यता रहेको छ भने त्यस्ता कर्मचारीहरुलाई एक श्रेणी वृद्धि गरि तह मिलान गर्नुपर्ने संगठनको माग छ ।’

साथै संगठनले शहिद स्मृति दिवस २०८२ को अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने जनाएको छ । २०४८ सालको ५६ दिने आन्दोलनका क्रममा शहीद भएकाहरुको स्मरणमा ‘शहीद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवस’ मनाइने प्रवक्ता अधिकारीले बताउनु भयो ।