२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वाभिमान र स्वतन्त्रताको लडाई नयाँ शिराबाट लडौँः कर्ण थापा



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेता कर्ण बहादुर थापाले घृणा, अपमान र निशेधको अन्त्य र जबजका मुल्य र मान्यतालाई स्थापित गर्न नयाँ संकल्प गर्न आह्वान गरेका छन् ।

सामाजिक सञ्जालमार्फत नेता थापाले यस्तो आह्वान गरेका हुन् । साथै, उनले स्वाभिमान र स्वतन्त्रताको लडाई नयाँ शिराबाट लडौँ भन्दै अपिल समेत गरेका छन् ।

उनले फेसबुकमा भनेका छन्–
घृणा, अपमान र निशेधको अन्त्य र जबजका मुल्य र मान्यतालाई स्थापित गर्न नयाँ संकल्प गरौ । स्वाभिमान र स्वतन्त्रताको लडाई नयाँ शिराबाट लडौ । हरेक विबेकशित एमाले कार्यकर्तासंग हार्दिक अपिल गर्दछु ।

हिजो मंगलबार सम्पन्न एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता कायम नराख्ने निर्णय गरेको भोलिपल्ट नेता थापाले यस्तो प्रतिक्रिया दिएका हुन् । उक्त निर्णयमा उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य थापाले असहमति जनाएका थिए ।