५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै



अ+ अ-

काठमाडौँ । अन्तरजातीय प्रेमजोडी तथा दम्पतीले समाजमा भोग्नुपरेको सङ्घर्षको कथामा आधारित चलचित्र ‘जदौ’ निर्माण हुने भएको छ ।

सो चलचित्रका निर्देशक काजी लिम्बूले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अन्धविश्वास र कुरीतिबीच नेपाली समाजमा देखिने घटनाक्रम र विषयवस्तुलाई समेटेर मनोरञ्जनात्मक शैलीमा ‘जदौ’ निर्माण गर्न लागेको स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो, “यस चलचित्रमा हामीले अन्तरजातीय जोडीको प्रेम र दाम्पत्य जीवनको सङ्घर्षलाई देखाउने छौँ । तपाईं–हामीले समाजमा देख्ने घटनाक्रमलाई नै पटकथामा तयार गरेका छौँ । चलचित्रले विभेद गर्नुहुँदैन भन्ने सन्देश दिन्छ, तर प्रस्तुतीकरण पूर्ण रुपमा मनोरञ्जनात्मक नै हुन्छ ।”

उहाँसँगै यस चलचित्रलाई अञ्जन शर्माले संयुक्त रुपमा निर्देशन गर्नुहुनेछ । उक्त चलचित्रमा अभिनेता मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने, सन्ध्या श्रेष्ठ, ऋचा शर्मा, अनिल सुब्बालगायतका कलाकारले अभिनय गर्नुहुनेछ ।

अभिनेता भुसालले चलचित्रको विषयवस्तुले आफूलाई आकर्षण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी कलाकारले फरक चलचित्रसँगै विषय र पात्रको भिन्नता खोज्ने गर्छौं । यस चलचित्रमा मैले फरक मात्र नभई चुनौतीपूर्ण भूमिका पाएको छु । त्यसकारण म चलचित्रमा जोडिएको हुँ ।”

आगामी भदौको पहिलो सातादेखि पश्चिम नेपालस्थित दाङ र प्यूठान जिल्लाका रमणीयस्थलमा छायाङ्कन गरिने चलचित्रमा चिरञ्जीवी भण्डारीले कला निर्देशन, मिलन श्रेष्ठले द्वन्द्व निर्देशन, बाबुल गिरी र सरोज पोखरेलले सङ्गीत सिर्जना र श्याम तामाङले छायाङ्कन गर्नुहुनेछ ।