२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको प्रश्नः मानव तस्करीको प्रत्यक्ष संरक्षण र अप्रत्यक्ष संलग्नता भएका गृहमन्त्रीको नैतिकता कहिले जाग्ने ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमार्फत भइरहेको मानव तस्करीको विषय सरकारले नसुनेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद नेपालीले यस्तो बताउनुभएको हो ।

भिजिट भिसाको आवरणमा भइरहेको तस्करीबारे आफूहरुले निरन्तर आवाज उठाउँदै आएको भएपनि सरकारमा पेलेरै अघि बढ्ने प्रवृत्ति देखिएको बताउनु भयो । उहाँले घुस डिल काण्डमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर मात्र नपुग्ने बताउनु भयो । उहाँले घट्नाको निष्पक्ष छानविन गरी दोषिउपर कारबाही गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले अध्यागमन विभागमार्फत भइरहेको मानव तस्करीको प्रत्यक्ष संरक्षण र अप्रत्यक्ष संलग्नता भएका गृहमन्त्रीको नैतिकता कहिले जाग्ने हो ? भन्दै प्रश्न गर्नुभयो ।

हाँले भन्नुभयो, ‘संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएको समाचार आएको छ । यतिले मात्र हुदैन । अरु मन्त्री पनि पोलिएका छन् । यो विषयमा निष्पक्ष छानविन होस् । र दोषिउपर शक्त कारबाही यथाशिघ्र होस् । तर अझैपनि एउटा गम्भिर प्रश्न अनुत्तरित नै छ सभामुख महोदय अध्यागमन विभागमार्फत भइरहेको मावन तस्करीको प्रत्यक्ष संरक्षण र अप्रत्यक्ष संलग्नता भएका गृहमन्त्रीको नैतिकता कहिले जाग्ने हो ? त्यो पदको यत्रो लोभ किन हो ? छानविन समिति कहिले बन्ने हो ?’

उहाँले गृहमन्त्रीमाथि निरन्तर प्रश्न उठिरहेको भएपनि नैतिकता नदेखाएको टिप्पणी गर्नुभयो ।