२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पको आरोप: पुटिन दिनमा मीठो बोल्छन् र रातमा बम विस्फोट गराउँछन्



File Photo
अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबार मिडियासँग कुरा गर्दै ट्रम्पले भने कि पुटिन दिनमा मीठो बोल्छन् र रातमा सबैमाथि बम खसाल्छन् ।

ट्रम्पले अमेरिकाले युक्रेनलाई प्याट्रियट वायु रक्षा प्रणाली दिने घोषणा गरे । यसका लागि ट्रम्पले यसै हप्ता नेटो महासचिव मार्क रुटलाई भेट्नेछन् ।

ट्रम्पका नजिकका रिपब्लिकन सिनेटर लिन्डसे ग्राहम भन्छन् कि युद्ध अब निर्णायक मोडमा छ । ट्रम्पले रुस विरुद्ध युक्रेनलाई सैन्य सहयोग दिने पक्षमा आएका छन् । ग्राहमका अनुसार आगामी दिनहरूमा युक्रेनलाई रेकर्ड स्तरमा हतियार आपूर्ति हुन थाल्नेछ ।

उनले भने, ‘पुटिनको सबैभन्दा ठूलो गल्ती यो थियो कि उनले ट्रम्पलाई हल्का रूपमा लिए। अब हेर्नुहोस्, केही हप्तामा, पुटिनमाथि धेरै दबाब पर्नेछ ।’

गत हप्ता ट्रम्पले सोमबार रुसको बारेमा ठूलो घोषणा गर्ने बताएका थिए । आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘भोलि के हुन्छ, भोलि हेर्नेछौं ।’

मिडिया रिपोर्टका अनुसार अमेरिकाले युक्रेनलाई ३०० मिलियन डलरको प्याकेज पठाउने तयारी गरिरहेको छ । यसमा प्याट्रियट मिसाइल प्रणाली र मध्यम दूरीको रकेटहरू समावेश हुनेछन् ।