१ भाद्र २०८३, सोमबार
,
Latest
दलको आन्तरिक मामिलामा अदालत प्रवेश गर्नु हुँदैनः सभापति थापा मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध रास्वपामा कुनै गुट छैनः सभापति लामिछाने स्कट कुगेलेइन सुदूरपश्चिम रोयल्समा पुनः अनुबन्ध पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल मानव बेचबिखनसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत मल नीतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन नाडाको स्वर्ण जयन्तीको अवसरमा १८ औं ‘नाडा अटो शो’ आयोजना हुने महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलको आन्तरिक मामिलामा अदालत प्रवेश गर्नु हुँदैनः सभापति थापा



अ+ अ-

ललितपुर; नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलभित्रको आन्तरिक शक्ति सङ्घर्षमा अदालत प्रवेश गर्न नहुने बताउनुभएको छ ।

सोमवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा जारी केन्द्रिय कार्यसमितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सभापति थापाले अदालतको क्षेत्राधिकार संविधान र कानूनको पालना भए-नभएको व्याख्या गर्नेमा मात्र सिमित हुनुपर्ने उल्लेख गर्दै दलका आन्तरिक विषयमा न्यायपालिकाले संयमता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

दलका आन्तरिक कुराहरूमा प्रवेश गर्नु न्यायिक संयमताको विषय नभइ यसले जनभावनाको कदर पनि नगर्ने बताउनु भयो । राजनीतिक दलहरू सार्वजनिक संस्था भएको स्पष्ट पार्दै थापाले अदालतले आफ्नो संस्थागत छवि र जनभावनालाई विशेष ख्याल गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो । उहाँले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व, प्रचलित कानूनबमोजिम सम्पन्न निर्वाचन र त्यसबाट गठित प्रतिनिधि सभाले गरेका दर्जनौँ कानून निर्माणका कार्यलाई अदालतले वस्तुपरक रूपमा हेर्नुपर्ने तर्क गर्नुभयो ।

सभापति थापाले भन्नुभयो, ‘दलभित्रको आन्तरिक शक्ति सङ्घर्षका विषयमा अदालत प्रवेश गर्दैन । अदालतले संविधान र कानुनअनुसार प्रक्रिया भएको छ कि छैन भन्ने विषय मात्र हेर्ने हो, र त्यो हेरिसकेको छ । बाँकी विषयहरू दलका आन्तरिक विषय हुन् । दलका आन्तरिक मामिलामा अदालत प्रवेश गर्नु न्यायिक संयमताको दृष्टिले उचित हुँदैन । पार्टी सार्वजनिक संस्था पनि भएकाले अदालतले आफ्नो संस्थागत गरिमा र जनभावनालाई समेत ध्यानमा राख्नेछ भन्ने मेरो विश्वास छ । विशेष महाधिवेशनबाट आएको नेतृत्व, प्रचलित कानूनबमोजिम सम्पन्न निर्वाचन र त्यसबाट बनेको प्रतिनिधिसभाले दर्जनौँ कानून पारित गरिसकेको वर्तमान अवस्थालाई समेत सम्मानित अदालतले विचार गर्नेछ । हिजो सत्य जे थियो, आज पनि सत्य त्यही हो भन्ने आधारमा अदालतले निर्णय गर्नेछ भन्नेमा मलाई कुनै शंका छैन । यो विश्वास पार्टीका साथीहरूले पनि व्यक्त गर्नुभएको छ ।’

देशले कानूनी र राजनीतिक रूपमा एउटा निश्चित बाटो तय गरिसकेको सन्दर्भमा सम्मानित अदालतले सत्य र यथार्थलाई आत्मसात गर्नेमा आफू र आफ्नो पार्टी पूर्णतः विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो । सत्य हिजो जे थियो, आज पनि त्यही रहन्छ भन्ने आधारमा नै अदालतले निर्णय गर्नेमा आफू स्पष्ट रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल

तस्बिरः गोपाल दाहाल/रासस