५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको संगठन विभागमा तीन सदस्य थप



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय संगठन विभागमा तीन सदस्य थप गरेको छ ।

बिहीबार बसेको सचिवालय बैठकले संगठन विभागको सदस्यका लागि प्राप्त आवेदकमध्ये छनौट कार्यदलबाट सिफारिस भएका उनीहरूलाई विभागको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।

मनोनीत हुनेमा चितवनका प्रमीला भुसाल, मानकुमार लामा र दाङका सुशील अधिकारी छन् ।