२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी यू–१६ इस्ट जोन कपको सेमिफाइनल : नेपाल टस जितेर पहिले बलिङमा



अ+ अ-

काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कपको फाइनल प्रवेशका लागि नेपालले अहिले मलेसियासँग खेलिरहेको छ ।

नेपाल र मलेसियाबीचको सेमिफाइनल खेल मलेसियाको सेलांगर टर्फ क्लबमा सुरु भएको हो । मलेसियाले नेपालविरुद्ध सुरुमा ब्याटिङ थालेको छ । नेपालले टस जितेर बलिङ रोजेपछि मलेसियाले ब्याटिङ गरेको हो ।

समूह चरणमा अपराजित रहँदै समूह ‘ए’को विजेता बनेको नेपालले समूह ‘बी’को उपविजेता आयोजक मलेसियासँग सेमिफाइनल भेट पक्का गरेको हो ।

समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले हराउँदै समूहविजेता बनेको थियो ।

त्यसअघि नेपालले सिंगापुर, जापान र इन्डोनेसियालाई हराएको थियो ।

उता मलेसिया भने समूह बी मा हङकङसँग मात्र पराजित हुँदा माल्दिभ्स, थाइल्याण्ड र म्यानमारलाई हराएको थियो ।

आजै अर्को सेमिफाइनलमा हङकङले सिंगापुरसँग खेल्नेछ । फाइनल शनिबार हुनेछ ।