१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर

तीनलाख ८० हजार डाउनपेमेन्टमै सुजुकीकाे कार

तीनलाख ८० हजार डाउनपेमेन्टमै सुजुकीकाे कार
अ अ+ अ-

काठमाडौं– नेपालका लागि सुजुकी ब्राण्डका गाडीको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले कार किन्ने ग्राहकको सपनालाई साकार बनाउने उद्देश्यले ‘नयाँ सुरुवात’नामको फाइनान्स स्किम ल्याएको छ ।

यो स्किमअन्तर्गत ग्राहकले न्युनतम तीन लाख ७९ हजार नौं सय रुपैयाँ डाउनमेपेन्ट देखि सुजुकीका पेसेन्जर कार र दुई लाख ९९ हजार ७५० रुपैयाँ डाउनपेमेन्ट देखि सुजुकीका कमर्शियल गाडी खरिद गर्न सकिनेछ ।

यो योजनामा डाउनपेमेन्टमा सुजुकीका पेसेन्जर कार खरिद गर्दा मात्र १३ हजार नौं सय १३ रुपैयाँदेखि र कमर्शियल मोडेल खरिद गर्दा मात्र नौ हजार सात सय ३४ रुपैयाँ देखि मासिक किस्ता तिर्नु पर्ने हुन्छ । फरक सुजुकीका मोडेलमा फरक डाउनपेमेन्ट र मासिक किस्ता लागू हुनेछ ।

फाइनान्स स्किमका अलावा सुजुकीले अधिकतम दुई लाख २५ हजार रुपैयाँसम्म आकर्षक नगद छुट, अधिकतम दुई लाख रुपैयाँ एक्सचेञ्ज भ्यालुएसन र एक वर्षको इन्स्योरेन्सको व्यवस्था समेत गरेको छ । फरक सुजुकीका मोडेलमा फरक नगद छुट, एक्सचेञ्ज भ्यालुएसन र इन्स्योरेन्स लागू हुनेछ ।

कम्पनीका अनुसार अहिले कोभिड १९ को संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनले नेपाली ग्राहक अन्यौलमा परेका छन् । तथापी, आफ्नो र आफ्नो परिवारको सुरक्षा अहिले सबैको प्राथमिकताको विषय हो ।

तसर्थ, आफ्ना मानिसको सुरक्षाका लागि र कार खरिद गर्ने सपनालाई साकार बनाउन सुजुकीको अफरले मद्दत गर्ने अपेक्षा सीजी मोटोकर्पको छ । यो स्किम नेपालभर फैलिएका सुजुकीका सबै ३५ वटा सेल्स आउटलेटमा उपलब्ध छ ।