२ श्रावण २०८२, शुक्रबार
,
Latest
सरकारको आय-व्ययः बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब बैंगलोर भागदौडः कर्नाटक सरकारले आरसीबीलाई दोष दियो सुनकोसी–मरिन डाइभर्सनबारे अध्ययन गर्न उपसमिति गठन नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन जातीय पोशाकबाट आम्दानी सचिवालयको निर्णयलाई परिमार्जन गर्न इश्वर पोखरेलको आग्रह राष्ट्रपतिबाट बिदा भइसकेपछि पार्टीमा फर्किने विषय गम्भीर छ:प्रधानमन्त्री ओली गत आ.व.मा ८ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी गरेका छौँः मन्त्री दाहाल एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभरेष्ट फाइबर बोर्डको उत्पादन सुरु,आज औपचारिक उद्घाटन



अ+ अ-

काठमाडौं । आइएमई समूहको अगुवाईमा रौतहटको बिजयपुर फतवामा स्थापित ‘एभरेष्ट फाइबर बोर्ड’ उद्योगले व्यवसायीक उत्पादन सुरु गरेको छ ।

कम्पनी र उत्पादनको बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा भर्चुअल माध्यमबाट आज उद्घाटन गर्दे हुनुहुन्छ । चार बिघा क्षेत्रफलमा फैलिएको फाइबर सिमेन्ट बोर्डको उत्पादन क्षमता दैनिक ७० हजार रहेको छ ।

करिब डेढ अर्ब रुपैयाँको लगानीमा सुरु गरिएको यो देशकै पहिलो अत्याधुनिक सिमेन्ट फाइबर बोर्ड रहेको बताइएको छ । स्वदेशमै गणस्तरीय फाइबर बोर्ड उत्पादन गर्ने उद्देश्यसहित देशमै पहिलो अत्याधुनिक उद्योग सञ्चालनमा ल्याउन लागेको समूहका अध्यक्ष चन्द्र ढकालले जानकारी दिनुभयो । तीन बिगाहामा उद्योग र एक बिगाहामा कच्चा पदार्थ रहने छ । अहिले ७० हजार बर्गफिट बोर्ड उत्पादन क्षमता रहेपनि बजार मागअनुसार क्षमता अभिवृद्धि गर्न सकिने बताइएको छ ।उद्योगमा सन् २०२२ को चिनियाँ लेटेस्ट प्रविधिको मेसिन जडान छ ।

उद्योगको उत्पादनमा करिव ५० प्रतिशत सिमेन्ट र अरु ५० प्रतिशत फाइबर लगायत अन्य कच्चा पदार्थ प्रयोग हुने बताइएको छ। ९५ प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ प्रयोग हुने दाबी छ ।उद्योगबाट ४ देखि ३० मिलिमिटरसम्मका सिमेन्ट फाइबर बोर्ड उत्पादन हुनेछन् । सिमेन्टमा फाइबर मिसाएर बोर्ड तयार गरिन्छ ।फाइबर सिमेन्ट प्रुफ र ननवाटर प्रुफ दुबैमा उपलब्ध हुने बताइएको छ ।

अहिले बार्षिक दुई अर्बभन्दा बढीको सिमेन्ट फाईबर बोर्ड आयात हुने गरेको छ । सिमेन्ट फाइबर बोर्डको आयात प्रतिस्थापन गरि निर्यातसम्म गर्ने समूहको योजना छ । यसअघि समूहले महोत्तरीको गौशालामा करिब २ अर्ब रुपैयाँ लगानीमा ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रीज’ स्थापनासँगै उत्पादन सुरु गरेको थियो।

कागज उद्योग सञ्चालनमा ल्याएको केही महिनामै समूहले दोस्रो उत्पादनमूलक उद्योगको रुपमा एभरेष्ट फाइबर सिमेन्ट बोर्ड सञ्चालनमा ल्याएको हो।आइएमई ग्रुपले विगतमा विप्रेषण सेवा, बैंकिङ, बीमा, पर्यटन, जलविद्युत् र सूचना प्रविधि लगायतका क्षेत्रमा उल्लेखनीय लगानी विस्तार गरिसकेको छ।

निर्माण व्यवसायका लागि अत्यन्त उपयोगी मानिने फाइबर सिमेन्ट बोर्डले घर, अफिस र औद्योगिक संरचनामा बहुउपयोगी सामग्रीको रुपमा स्थान बनाउने अपेक्षा गरिएको छ। वातावरणमैत्री प्रविधिको प्रयोग गर्दै सञ्चालन गरिने यो उद्योगले उच्च गुणस्तरका उत्पादनमार्फत प्रतिस्पर्धी बजारमा आफ्ना उत्पादन प्रस्तुत गर्ने योजना बनाएको छ।