२८ श्रावण २०८३, बिहीबार
,
Latest
कोशी टप्पुमा बढ्दो पर्यटक आकर्षण, दुर्लभ अर्ना र प्रवासी चराचुरुङ्गी मुख्य आकर्षण सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन रोल्पामा पहिरोः मृत्यु हुनेको संख्या तीन पुग्यो, नौ जना अझै बेपत्ता आजदेखि विधिवत् सुरु भयो नेवार समुदायको धार्मिक पर्व ‘गुँला’ (फाेटाे फिचर) पत्रकार श्रेष्ठको गिरफ्तारी र ‘जनआस्था’ कार्यालयमा प्रहरी छापा निन्दनीय : मानव अधिकार तथा शान्ति समाज कोलोम्बिया भूकम्पः मृतकको संख्या २६५ पुग्यो, आर्थिक संकटकाल घोषणा गरिँदै रोल्पा बोटलबारा पहिरा अपडेट : १० जना बेपत्ता, खोजी जारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

छाला उपचार र सौन्दर्य सेवाका लागि महाराजगञ्जमा एलिट्स स्किन क्लिनिक सुरु



अ+ अ-

काठमाडौं । छालामा देखिने विभिन्न समस्या समाधानका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले काठमाडौको महाराजगञ्जमा एलिट्स स्किन क्लिनिक प्रा.लि. सञ्चालनमा आएको छ।

छाला रोग, लेजर तथा सौन्दर्य प्रसाधन विशेषज्ञ डा. प्रकृति ज्ञावली सहितको विशेषज्ञ समूहले सञ्चालनमा ल्याएको उक्त क्लिनिकको उद्घाटन संगीतरत्न, प्रख्यात संगीतकार शम्भुजीत बासकोटाले गर्नुभयो।

उद्घाटन कार्यक्रममा बोल्दै बासकोटाले नेपालमै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय छाला उपचार सेवा प्रदान गर्ने लक्ष्यसहित सञ्चालनमा आएको एलिट्स स्किन क्लिनिकको सफलताको शुभकामना व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “नेपालमा पनि अब विश्वस्तरीय छाला उपचार सेवा उपलब्ध हुन थालेको छ, जसले स्वदेशमै उपचार खोज्ने सेवाग्राहीहरूलाई ठूलो राहत मिल्नेछ।”

कार्यक्रममा पूर्व प्राज्ञ एबं गीतकार उन्नति बोहरा ‘शिला’ र राप्रपाका युवा नेता प्रज्वल बोहोराले स्वदेशमा नै केही गर्नुपर्छ भन्ने युवा पुस्ताको भाबनाको सम्मान गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

संञ्चालक डा. प्रकृति ज्ञावलीले क्लिनिकले छाला रोगको उपचार, लेजर सेवा तथा सौन्दर्यसम्बन्धी आधुनिक प्रविधिमा आधारित सेवा प्रदान गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार क्लिनिकमा स्किन समस्या, लेजर ट्रीटमेन्ट, फेशियल, र अन्य सौन्दर्य उपचारहरू हुनेछन् । साथै अनुहारको चायापोतो , चाउरीपन , डार्क सर्कल , कालो दाग , डन्डिफोरको दाग हटाउन र अनुहारलाई सफा गोरो चम्किलो बनाउने सेवा पनि उपलब्ध हुने उहाँले जानकारी दिनुभयो ।