२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित)

उपभोक्ता र कृषकलाई जोडदै रैथाने कृषि बजार-फोटो फिचर

उपभोक्ता र कृषकलाई जोडदै रैथाने कृषि बजार-फोटो फिचर
अ अ+ अ-

काठमाडौ । किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापना गर्न रैथाने कृषि बजार प्रभाबकारी बन्दै गएको छ । पछिल्लो केही वर्ष यता काठमाडौ उपत्यकाका विभिन्न स्थानमा रैथाने उत्पादन बिक्री बितरणका लागि हाटबजार लाग्ने गरेको छ ।

जहाँ किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क हुन थालेको छ । रैथाने बजारमा किसान आफैं उत्पादन लिएर आउँछन् र उपभोक्तालाई प्रत्यक्ष बिक्री गर्छन्। रासायनिक मल र विषादी बिना उब्जाएका अन्न, तरकारी, फलफूलदेखि अचार, परिकारजस्ता प्रशोधित सामग्रीसम्म यहाँ सजिलै भेटिन्छन्।

उपभोक्ताले ताजा र सुरक्षित खाना पाउँछन् भने किसानले उचित मूल्य। बजारमा रैथाने बीउ, परम्परागत खेती विधि, स्थानीय परिकार जोगाउने अभियानका रूपमा स्थापित भएको छ। यसले केवल व्यापार मात्र होइन, सांस्कृतिक सम्पदा संरक्षण मा पनि योगदान पुर्याइरहेको उपभोक्तको बुझाई छ ।
यसै क्रममा रैथाने कृषि बजारले लाजिम्पाटमा रहेको होटल बुकीमा सनिबार बिहान रैथाने बजार सुरु गरेको छ । यस्ता हाटबजार बिहानदेखि मध्याह्न १२ बजे सम्म सञ्चालन हुने गरेका छन् । केही बर्ष देखी दरबारमार्गमा संञ्चालन हुदै आएको हाट बजार यो साता देखी होटल बुकीमा सुरु भएको हो । रैथाने कृषि बजारका संञ्चालक गौतम पौडेलका अनुसार यस्ता बजारले उत्पादक र उपभोक्तालाई जोड्ने पुलको काम गरेको छ ।

उहाँले भन्नुभयो ‘सहरबासी उपभोक्ताले यसलाई विश्वासिलो विकल्प का रूपमा लिएका छन्। उपभोक्ताले किसानसँगै कुरा गर्न पाएका छन्, कुन तरकारी वा खाध्य बस्तु कुन खेतमा कसरी उब्जिएको हो थाहा पाउछन् यो निकै सकारात्मक छ ।’

बिभिन्न स्थानमा शनिबार कृषिजन्य सामग्रीको स्टल राखिने गरी रैथाने कृषि हाटबजार सुरू भएपछि क्रेता र बिक्रेता दुबैको आकर्षण र चासो बढेको छ । दरबारमार्ग, लाजिम्पाट, भनिमण्डल लगायतका क्षेत्रमा हाटबजार लाग्ने गरेको छ ।

हाट बजार रहको बुकि बुटिकका व्यवस्थापक मनिष श्रेष्ठका अनुसार व्यस्त जीबनशैली अपनाईरहका उपभोक्तालाई कृषि परम्परासंग जोड्न हाट बजार सुरु गरिएको बताउनु भयो । उहाँले भन्नुभयो ‘बजारबाट उपभोक्ताले दिएको सकारात्मक प्रतिक्रियाले सांस्कृतिक सम्पदा संरक्षण अभियानमा समेत सहयोग पुगेको छ ।’

हाट बजारमा भेटिनु भएका वरिष्ठ सेफ गोविन्द नरसिंह केसीले यस्ता बजारमा लोप हुन लागेका कृषिजन्य बस्तु यस्ता बजारमा भेटिदा खुसी लागेको बताउनु भयो । वरिष्ठ सेफ केसीले यस्ता बजारमा सेफहरु आउन सुझाब दिनुभयो । उहाँले भन्नुभयो ‘खाद्य सुरक्षा र आत्मनिर्भर अर्थतन्त्रको दृष्टिले पनि रैथाने कृषि बजार एक प्रभावकारी अभ्यास बन्ने संकेत देखिन थालेको छ।’

कृषि हाटबजारमा स्थानीय खाद्यान्न, अन्न, गेडागुडी, जडीबुटी, मौसमी फलफूल र तरकारी पाइन्छ । यसैगरी कृषिजन्य सामग्रीहरु फर्सीको मुन्टा, रायो साग, मह, आलु तथा अन्य सामाग्री राख्ने गरिन्छ । हाटबजारमा सहर र गाउँघरबाटै लोप हुन लागेका सामाग्रीहरू मोही पार्ने ठेकी, पुराना बत्ती, शंख, डाला र नाङ्लो, ढिकी, ओदान जस्ता सामाग्री प्रदर्शनीमा राखिएको छ ।

बजारमा हस्तकलाका सामग्री, परम्परागत कृषि औजार, रैथाने बिउबिजन, बिरूवा, फूल र प्राङ्गारिक मल, नेपाली मौलिक परिकार, दुग्धजन्य उत्पादन, र बेकरी, कफी तथा चियाका स्टल समेत देख्न सकिन्छ । यस्तो बजारका कारण जैविक विविधता र मौलिक नेपाली खानाको प्रचारप्रसार समेत हुने गरेको छ ।

तस्बिर: प्रदीपराज वन्त