९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

नेपकम्स सर्भिसेसले ‘स्टडी अब्रोड इन्फो वीक’ र पब्जी प्रतियोगिता आयोजना गर्दै

नेपकम्स सर्भिसेसले ‘स्टडी अब्रोड इन्फो वीक’ र पब्जी प्रतियोगिता आयोजना गर्दै
अ अ+ अ-

काठमाडौँ । नेपालको अग्रणी शैक्षिक परामर्शदाता नेपकम्स एजुकेशन एण्ड भिजा सर्भिसेसले ‘स्टडी अब्रोड इन्फो वीक’ र पब्जी प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आगामी असार १३ देखि १६ गते (जुन २७–३०, २०२५) सम्म काठमाडौंको बागबजारस्थित एनआईएमबी बैंक बिल्डिङ मा प्रतियोगिता आयोजना हुने भएको हो ।

शैक्षिक परामर्श तथा अन्तर्राष्ट्रिय अध्ययनको अवसरको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो सप्ताहव्यापी कार्यक्रममा विद्यार्थीहरूले विश्वप्रसिद्ध देशहरू — अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, जर्मनी, र आयरल्याण्ड — का विश्वविद्यालय र कलेज प्रतिनिधिहरूबाट प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय विश्वविद्यालय प्रतिनिधिहरूसँग प्रत्यक्ष भेट, व्यक्तिगतरूपमा शैक्षिक तथा भिसा परामर्श, शतप्रतिशत सम्म छात्रवृत्तिको अवसर, वित्तीय सहायता मार्गदर्शन तथा सम्पूर्ण सेवामा विशेष अफरहरू राखिएको छ ।

आगन्तुकहरुले निःशुल्क प्रवेश पाउनेछन् । कार्यक्रम बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।

यसै सन्दर्भमा, युवाहरूको चासो र उत्साहलाई सम्बोधन गर्न नेपकम्सले अर्को रोचक कार्यक्रम ‘पब्जी शोडाउन’ प्रतियोगिता पनि ल्याएको छ ।

पब्जी मोबाइल गेममा रुचि राख्ने युवाहरूका लागि आयोजना गरिएको यो प्रतियोगितामा विजेताहरूले रु ४०,००० नगद पुरस्कार जित्ने मौका पाउनेछन् । साथै, सहभागीहरूले IELTS तयारी र अध्ययन विदेश परामर्श सेवामा विशेष छुट पनि प्राप्त गर्नेछन् ।

पब्जी प्रतियोगिताका लागि निःशुल्क दर्ता गर्न सकिने र दर्ता फारम असार ४ (जुन १८) सम्म खुला हुने नेपकम्सले जनाएको छ ।