३ भाद्र २०८३, बुधबार
,
Latest
ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण रास्वपाको आन्तरिक बैठकका कारण प्रतिनिधिसभा बैठकमा ढिलाइ विद्युतमा लगाइएको भ्याट खारेजी र ट्रंक लाइनको वक्यौता उठाउन माग गर्दै हस्ताक्षर अभियान जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीशमाथि भएको अभद्र व्यवहारप्रति कानुन समाजको आपत्ति



अ+ अ-

काठमाडौं । नेपाल कानुन समाजले उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुशीप्रसाद थारु र अर्जुन महर्जनमाथि भएको अभद्र व्यवहारप्रति आपत्ति जनाएको छ ।

न्यायाधीशहरुमाथि यही जेठ २९ गते केही व्यक्तिहरुले कार्यस्थलमै पुगेर अभद्र व्यवहार गरेका थिए ।

कानुन समाजले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेको छ । ‘माननीय न्यायाधीशहरुको काम कारवाही र आचरणको अनुगमन तथा सुपरिवेक्षण गर्ने जिम्मेवारी न्याय परिषदको हो । न्याय सम्पादनको सिलसिलामा गरिएका निर्णयहरुको विषयलाई लिएर यस प्रकारको दुर्व्यवहार  हुनु न्यायपालिका प्रतिको आक्रमण भएको र यसले न्यायपालिकाको स्वच्छता र मर्यादामा प्रतिकुल प्रभाव पार्दछ भन्ने नेपाल कानून समाजको धारणा रहेको छ’ कानुन समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘नेपाल कानून समाज स्थापना कालदेखि नै कानूनको शासन, स्वतन्त्र र सक्षम न्यायपालिकाको पक्ष पोषण गर्दै न्यायपालिकाको गरिमा उच्च राख्न निरन्तर काम गर्दै आएको संस्था हो । नेपाल कानून समाज उच्च अदालतको विरगञ्ज इजलासमा घटाइएको उक्त घटनाको गम्भिर निन्दा र भत्सना गर्दै, उक्त घटनामा संलग्न व्यक्तिहरु माथि तत्काल कानूनी कारवाहीको माग गर्दछ । ’