७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता पक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन



अ+ अ-

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षी दलहरूबीच सहमति हुन नसक्दा संसदको गतिरोध अन्त्य हुने छाँटकाट देखिएको छैन ।

संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपाका नेताहरुसँग छलफल गरेका थिए ।

तर गृहमन्त्रीले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणको छानबिन गर्नुपर्ने प्रतिपक्षी दलहरुको मागमा सत्तापक्षका नेताहरु सहमत नभएपछि बैठक निष्कर्षविहीन भएको हो ।

सभामुखसहितको छलफल पछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरु पनि छलफलमा जुटेका छन् । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रबाट वर्षमान पुनले नेतृत्व गरेका छन् ।