९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

विज्ञापन प्रकाशन नगरी बिल भुक्तानी, सम्पादकसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विज्ञापन प्रकाशन नगरी बिल भुक्तानी, सम्पादकसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा
अ अ+ अ-

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विज्ञापन नै प्रकाशन नगरिकन बिल भुक्तानी लिए–दिएको आरोपमा पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले सोमबार रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादव सहित पाँच जनाविरूद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीसँगै तत्कालीन सहलेखापाल नवीनकुमार यादव, तराईं पोष्टका प्रतिनिधि ओमप्रकाश यादव, जनसवाल पब्लिकेशन प्रालि तथा उक्त कम्पनीका सम्पादक रामजी बगाले र तराईं पोष्टका प्रकाशक रूपेन्द्र पटेलविरूद्ध मुद्दा दायर भएको हो ।

अख्तियारमा फतुवा विजयपुर नगरपालिका–४ मा कृषकहरूलाई औषधि स्प्रे ट्यांकी वितरणमा अनियमितता गरेको भन्ने उजुरी परेको थियो ।

उक्त उजुरीमाथि अनुसन्धान गर्दा नगरपालिकाले आ.ब २०७८/०७९ मा कृषकहरूका लागि वितरण गर्न स्प्रे ट्यांकी खरिद सम्बन्धी बोलपत्र आह्वानको सूचना प्रकाशन गरेको दाबी गरेको थियो ।

आह्वानका लागि पालिकाले जनसवाल राष्ट्रिय दैनिक पत्रिकालाई पत्राचार गरेको थियो । पत्रिकालाई २०७८ माघ १८ गते पत्राचार गरेको र माघ २० गते सूचना प्रकाशन गरेको भनिएको थियो ।

फागुन २७ मा तराईं पोष्टमा बोलपत्र स्वीकृत भएको आशयको सूचना प्रकाशित भएको भनिएको थियो ।

अख्तियारले यसबारेमा प्रेस काउन्सिल नेपाललाई पनि सोधेको थियो । काउन्सिलले जसवाल राष्ट्रिय दैनिक पत्रिका र तराई पोष्ट दुबैमा सूचना प्रकाशन भएको नदेखिएको भन्दै अख्तियारलाई पत्र लेखेको थियो ।

यसरी उनीहरूले बदनियत राखेर पत्रिकामा सूचना प्रकाशित नै नगरी नक्कली पत्रिका तथा बिल भरपाइ पेस गरेको आरोप छ ।

यसरी नक्कली प्रति राखेर कर कट्टी गरी जनसवाल राष्ट्रिय दैनिकलाई एक लाख ७२ हजार ८२५ रुपैयाँ र तराईं पोष्टलाई ३९ हजार ४०० रुपैयाँ गरी जम्मा २ लाख १२ हजार २२५ रुपैयाँ हानी नोक्सानी भएको आरोप छ ।

यस्तै प्रशासकीय अधिकृत यादवमाथि भुक्तानीका लागि काटिएको चेकमा उल्लेख भएको नाम केरमेट गरेको, नगरपालिकामा रहेका सरकारी कागजात केरमेट गरी सच्याउने समेत गरेको आरोप प्रशासकीय अधिकृत यादवमाथि लागेको छ।

अख्तियारले यसमा दुई लाख १२ हजार २२५ रुपैयाँ बिगो प्रमुख प्रशासकीय अधिकृत यादव र सहलेखापाल यादवलाई कायम गरेको छ । उनलाई तीन वर्ष कैद र बिगो असुल र त्यसअनुसारको जरिवाना मागदाबी गरेको छ ।

सरकारी कागजातमा केरमेट गरेको आरोपमा प्रशासकीय अधिकृत र सहलेखापालविरूद्ध थप तीन महिनादेखि दुई वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना माग गरेको छ ।

त्यसैगरी तराई पोष्टका प्रतिनिधिलाई पनि मुख्य कसुरदार सरह नै सजायको माग गरेको छ ।

सम्पादक रामजी बगालेविरूद्ध मतियार कायम गरी सोही सजाय माग गरेको छ। बिगो भने एक लाख ७२ हजार ८२५ रुपैयाँ कायम गरेको छ।

तराईं पोष्टका प्रकाशक रूपेन्द्र पटेलको हकमा ३९ हजार ४०० रुपैयाँ बिगोसहित सोही सजाय माग गरेको छ ।

हेर्नुहोस् आरोपपत्रः

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/06/6qhdpy.pdf”]