८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने

भारतीय प्रधानमन्त्री मोदीद्वारा काश्मीरमा रणनीतिक रेलवे उद्घाटन

भारतीय प्रधानमन्त्री मोदीद्वारा काश्मीरमा रणनीतिक रेलवे उद्घाटन
A decorated Vande Bharat passenger train is pictured at the Srinagar railway station in Srinagar on June 6, 2025, ahead of the inauguration of the Kashmir rail link by Indian Prime Minister Narendra Modi. (Photo by TAUSEEF MUSTAFA / AFP)
अ+ अ-

एजेन्सी । गत महिना कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँगको द्वन्द्वपछि विवादित हिमालय क्षेत्रको आफ्नो पहिलो भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार काश्मीर आइपुग्नुभएको छ । उहाँले काश्मीरमा एउटा रणनीतिक रेलवेको उद्घाटन गर्नुभयो ।

सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि भारत र पाकिस्तानबीचको कटु वैमनस्यको केन्द्र रहेको विभाजित मुस्लिम बहुल क्षेत्र काश्मीरका लागि मोदीले अर्बौं डलरका परियोजनाहरू सुरु गरिरहनुभएको छ ।

आणविक–सशस्त्र भारत र पाकिस्तानले गत महिना तीव्र चार दिने द्वन्द्व लडेका थिए । यो द्वन्द्व मे १० मा युद्धविराममा सहमति हुनुअघि सन् १९९९ पछिको सबैभन्दा खराब गतिरोध थियो ।

प्रधानमन्त्रीको कार्यालयले एक हजार तीन सय १५ मिटर लामो (चार हजार तीन सय १४ फिट लामो) स्टिल र कङ्क्रिटको चेनाब पुलको अवलोकन विन्दुमा मोदीको तस्बिर प्रसारण गरेको थियो । उक्त पुलले तल नदीभन्दा तीन सय ५९ मिटर माथि आर्क भएको दुई पहाडलाई जोड्दछ ।

“वास्तुकलाको असाधारण उपलब्धि हुनुका साथै चेनाब रेल पुलले कनेक्टिभिटीमा सुधार गर्नेछ”, मोदीले आफ्नो भ्रमणअघि सामाजिक सञ्जाल पोस्टमा भन्नुभयो ।

मोदी आफ्नो आगमनको लगत्तै रेल यातायातका लागि औपचारिक रूपमा खुला भएको घोषणा गर्न विशाल भारतीय झण्डा फहराउँदै पुल पार गर्नुभयो ।

नयाँदिल्लीले चेनाब पुललाई ‘संसारको सबैभन्दा अग्लो रेलवे आर्क पुल’ भन्छ । धेरै सडक र पाइपलाइन पुलहरू अग्लो भए पनि गिनिज वल्र्ड रेकर्डले गिनिज वल्र्ड रेकर्डले चेनाबले चीनको अघिल्लो सबैभन्दा अग्लो रेलवे पुल, नजीहेलाई उछिन्ने पुष्टि गरेको छ ।

नयाँ दुई सय ७२ किलोमिटर ९एक सय ६९ माइल० उधमपुर–श्रीनगर–बारामुल्ला रेलवे, ३६ सुरुङ र नौ सय ४३ पुलसहित ‘क्षेत्रीय गतिशीलतालाई रूपान्तरण गर्ने र सामाजिक–आर्थिक एकीकरणलाई बढावा दिने उद्देश्यले’ निर्माण गरिएको मोदीको कार्यालयले जनाएको छ ।

यस पुलले मानिस र सामानका साथै सेनाको आवागमनलाई सहज बनाउनेछ । यो पहिले दुर्गम पहाडी सडक र हवाई मार्गबाट मात्र सम्भव थियो ।

“रेलवेले सबै मौसममा सम्पर्क सुनिश्चित गर्दछ, आध्यात्मिक पर्यटनलाई बढावा दिनेछ र जीविकाका अवसरहरू सिर्जना गर्नेछ”, मोदीले भन्नुभयो ।

रेलवे लाइनले हिन्दू बहुल जम्मू क्षेत्रको कटरा सहर र मुस्लिम बहुल काश्मीरको मुख्य सहर श्रीनगरबीचको यात्रा समयलाई आधाले घटाएर करिब तीन घन्टासम्म पुर्‍याउने अपेक्षा गरिएको छ ।

गत महिनाको द्वन्द्वमा मिसाइल, ड्रोन र तोपखानाको गोलीबारीमा ७० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

अप्रिल २२ मा भारत प्रशासित कश्मीरमा सर्वसाधारणमाथि भएको आक्रमणबाट लडाइँ सुरु भएको थियो । उक्त आक्रमणलाई नयाँदिल्लीले पाकिस्तानले समर्थन गरेको आरोप लगाएको थियो । उक्त अरोपलाई इस्लामाबादले अस्वीकार गरेको छ ।

भारतीय प्रशासित काश्मीरमा विद्रोही समूहहरूले यस क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै ३५ वर्ष लामो विद्रोह चलाएका छन् ।