८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने

साउदी अरबमा हज समाप्त हुँदै जाँदा मुस्लिम तीर्थयात्रीहरूले ‘शैतानलाई ढुङ्गा’ हाने

साउदी अरबमा हज समाप्त हुँदै जाँदा मुस्लिम तीर्थयात्रीहरूले ‘शैतानलाई ढुङ्गा’ हाने
Muslims pray around the Kaaba, Islam's holiest shrine, at the Grand Mosque complex in Mecca early on June 6, 2025. (Photo by AFP)
अ+ अ-
एजेन्सी । विश्वभरका मुस्लिमहरूले ईद अल–अधा बिदाको सुरुआत मनाउँदै गर्दा तीर्थयात्रीहरूले शुक्रबार हजको अन्तिम प्रमुख अनुष्ठान– ‘शैतानको ढुङ्गा प्रहार’ –गरिरहेका थिए ।
बिहान सुरु हुनुअघि देखिनै तीर्थयात्रामा भाग लिने १६ लाखभन्दा बढी मुस्लिमले पवित्र सहर मक्काको बाहिरी भागमा रहेको मिना उपत्यकामा शैतानको प्रतीक तीनवटा कङ्क्रिटको पर्खालमा प्रत्येकमा सातवटा ढुङ्गा हाने ।
छाया र चिसो तापक्रमको फाइदा उठाउँदै तीर्थयात्रीहरू बिहानै अघिनै मिनाको फराकिलो तम्बू सहरमा आफ्नो शिविर र आवासबाट बाहिर निस्केका थिए ।
यस अनुष्ठानले अब्राहामले तीनवटा स्थानमा शैतानलाई ढुङ्गा हानेर मारेको सम्झना गराउँछ जहाँ शैतानले उसलाई आफ्नो छोरालाई बलिदान गर्ने परमेश्वरको आदेश पालन गर्नबाट रोक्न खोजेको भनिएको छ ।
“मिनामा हाम्रो अनुभव सजिलो र सरल थियो । हामी भित्र प्रवेश गर्‍यौँ र पाँच मिनेटभित्रै हामीले ‘जमारत’ मा शैतानलाई ढुङ्गा हान्ने काम पूरा गर्‍यौँ”, इजिप्टका ३४ वर्षीय वाएल अहमद अब्देल कादरले बिहानै अनुष्ठान गरेपछि भन्नुभयो ।
गिनीकी तीर्थयात्री होवाकिताले मक्कामा ईद मनाउने सम्भावनाले उहाँलाई खुशीले भरिदिएको बताउनुभयो । “जब मैले ढुङ्गा हानेँ मैले सहज महसुस गरेँ । मलाई साँच्चै गर्व लाग्यो”, उहाँले भन्नुभयो ।
एक दिनअघि तीर्थयात्रीहरू मक्का नजिकैको ७० मिटर ९२३० फिट० अग्लो चट्टानी उचाइमा प्रार्थना गर्दै र कुरानका पदहरू पढ्दै अराफात पर्वतमा भेला भएका थिए । अराफात पर्वतमा पैगम्बर मोहम्मदले आफ्नो अन्तिम उपदेश दिनुभएको थियो भन्ने विश्वास गरिन्छ ।
धेरैले तीव्र गर्मी भए पनि पर्वतमा आरोहण गरे । यद्यपि तीर्थयात्रीहरूलाई स्थानीय समयानुसार बिहान १०ः०० देखि दिउँसो ४ः०० बजेसम्म भित्र बस्न भनिएको आधिकारिक चेतावनीपछि दिउँसोमा सङ्ख्या घटेको थियो ।
यस वर्षको हजमा अधिकारीहरूले अवैध तीर्थयात्रीहरूमाथि व्यापक कारबाहीका साथसाथै गर्मी कम गर्ने प्रयासहरू कार्यान्वयन गरेको देखियो । जसको परिणामस्वरूप मक्का र वरपरका पवित्र स्थलहरूमा उल्लेखनीय रूपमा पातलो भीड र भारी सुरक्षा उपस्थिति थियो ।
गत वर्षको हजको घातक पुनरावृत्ति रोक्ने उद्देश्यले यी उपायहरू अपनाइएको थियो । गत वर्ष ५१ दशमलव आठ डिग्री सेल्सियस ९एक सय २५ डिग्री फरेनहाइट० तापक्रममा एक हजार तीन सय एक जनाको मृत्यु भएको थियो ।
साउदी अधिकारीहरूका अनुसार ती मृत्युमध्ये अधिकांश ती तीर्थयात्रीहरूका थिए जो अवैध रूपमा मक्कामा छिरेका थिए र तीर्थयात्रीहरूलाई सुरक्षित राख्न र मरुभूमिको तीव्र गर्मीबाट जोगाउने उद्देश्यले गरिएको आवास र अन्य सेवाहरूको पहुँच नभएका थिए ।
यो हज सिजनले २०२०–२०२२ को कोभिड प्रतिबन्धका वर्षहरू बाहेक तीन दशकभन्दा बढीमा सबैभन्दा कम तीर्थयात्रीहरूको सङ्ख्या रेकर्ड गरेको छ ।
आधिकारिक तथ्याङ्कअनुसार गत वर्ष १८ लाख मुस्लिमले हजमा भाग लिएका थिए ।
हज अनुमतिहरू देशहरूलाई कोटाको आधारमा बाँडफाँट गरिन्छ र लटरी प्रणालीद्वारा व्यक्तिहरूलाई वितरण गरिन्छ ।
तर जसले अनुमति प्राप्त गरेको हुन्छ, तीमध्ये केही मानिस उच्च लागतका कारण बिना अनुमति हज यात्राका लागि प्रेरित हुन्छन् । यद्यपि समातिएमा गिरफ्तारी र निर्वासनको जोखिम उठाउँछन् ।
मिना उपत्यकामा ढुङ्गा हान्ने अनुष्ठान सन् २०१५ मा घातक भागदौडको दृश्य थियो । सबैभन्दा घातक हज प्रकोपमध्ये त्यसबेला भएको घटनामा दुई हजार तीन सय जनाको मृत्यु भएको थियो ।
साउदी अरबले हज र वर्षका अन्य समयमा गरिने सानो तीर्थयात्रा उमराहबाट बर्सेनि अर्बौं डलर कमाउँछ ।
मक्का र मदिनाका दुई पवित्र मस्जिदका संरक्षकका रूपमा चिनिने साउदी राजाका लागि पनि तीर्थयात्रा प्रतिष्ठाको स्रोत हो ।
हजको अन्त्य ईद अल–अधाको सुरुआतसँग मिल्छ । ईद अल–अधा सामान्यतया बाख्रा, भेडा, गाई, गोरु वा ऊँट जस्ता जनावरको वधद्वारा मनाइने वार्षिक भोजको बिदा हो ।