काठमाडौँ । प्रतिनिधिसभाको बैठक दिउँसो दुई बजे बस्ने भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सरेको हो ।
विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन अवरोध गर्दै आइरहेका छन् ।
तर, केहीबेरअघि बसेको सभामुख र दलका प्रमुख सचेतकहरूको बैठक सकारात्मकरूपमा टुंगिएपछि संसद् बैठक तीन घण्टा पछि बस्ने भएको हो ।
छलफलमा विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन तयार भएका छन् ।










