काठमाडौँ । प्रतिपक्षी दलहरूको बैठकले भिजिट भिसासम्बन्धी उठ्ने समस्याहरूलाई समाधान गर्न विभिन्न निष्कर्षहरू निकालेको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा उनको कार्यकक्षमा आज बसेको बैठकमा अध्यक्ष प्रचण्डसहित रास्वपा, एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीका नेताहरू सहभागी थिए ।
रास्वपा सांसद मनिष झाले दिएको जानकारीअनुसार प्रतिपक्ष दलको बैठकको पहिलो चरण बैठक सकिएको छ । उनका अनुसार उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले श्रम ऐन २०६४ आए पश्चातको समयदेखि हाल रहेका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ सम्बन्धित छानबिनरआयोग बनाउने र यसलाई सधैको लागि निराकरण गर्न सर्वपक्षिय प्रतिबद्धता जनाउने निष्कर्ष निकालेको छ ।
साथै आवश्यक छानबिन गर्नको लागि छानबिनको परिणाम नआएसम्म मार्गप्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई आग्रह गर्ने कुरा पनि प्रतिपक्षी दलहरूको बैठकले निष्कर्ष निकालेको छ ।
‘तीन बुँदे निष्कर्ष लिएर प्रतिपक्ष दलका प्रमुख सचेतकहरू सभामुखको कार्यकक्षमा हुँदै गरेको बैठकमा सहभागी हुनु भएको छ,’ झाले भने ।
यसबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने पनि प्रतिपक्षी दलहरूको माग छ ।










