काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका राप्रपाका सांसद दिपक सिंह काठमाडौं प्रहरी परिसरबाटै पक्राउ परेका छन् ।
गेटबाट भित्र पस्ने क्रममा उनी पक्राउ परेका हुन् ।
निषेधित क्षेत्र तोड्न खोजेको भन्दै अध्यक्ष थापालाई नारायणचौरबाट पक्राउ गरिएको थियो । उनीसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










