७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजसंस्था पक्षधरहरुसँग सरकार डरायोः राजेन्द्र लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरुसँग सरकार डराएको बताउनुभएको छ ।

पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आन्दोलन उत्साहप्रद रहकेो र आगामी कार्यक्रमलाई झनै मजबुत बनाउने बारेमँ छलफल भएको जानकारी दिनुभयो ।

उहाँले आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने निर्णय गरेको पनि बताउनु भयो । उहाँले एक दिन अघिसम्म निषेधित क्षेत्र नरहेको स्थामा राजसंस्था पक्षधहरुको प्रदर्शनका कारण निषेधित क्षेत्र घोषणा गर्नुले सरकार कमजोर भएको र सरकार डराएको प्रमाण रहेको बताउनु भयो । आन्दोलन उत्कर्षतर्फ उन्मुख रहेको बताउनु भयो ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘कार्यक्रम उत्साहप्रद छ । आज र आगामी कार्यक्रमलाई पनि मजबुत बनाउने र आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने भन्ने हो । हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजसंस्था पक्षधहरुको प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डरायो । सरकार कमजोर भयो भन्नेकुराको प्रमाण हो । हाम्रो आन्दोलन उत्कर्षतर्फ गइरहेको छ । हामीलाई यसले उत्साहित तुल्याएको छ ।’

अध्यक्ष लिङदेनले जेठ १५ गते प्रधानमन्त्री एवं नेकपा एमाले अधयक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि काठमाडौं आह्वान गर्दा गणतन्त्रको पक्षधर स्पष्ट भएको बताउनु भयो । दुई दिनको आन्दोलनको प्रभावका कारण सरकारले निषेधित क्षेत्र बनाएको बताउनु भयो । गणतन्त्र झन कमजोर हुँदै गएको प्रमाणित भएको बताउनु भयो ।