९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभरको रुपमा हेरेको छः अध्यक्ष ढकाल

बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभरको रुपमा हेरेको छः अध्यक्ष ढकाल
अ अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमा निजी क्षेत्रले दिएका अधिकांश सुझाव समेटेर बजेट आएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही कुराहरु भने प्राथमिकता दिएर राखेका पनि नसमेटिएको बताउनु भयो । उहाँले बजेटले निजी क्षेत्रलाई प्राथमिकता दिएको बताउनु भयो ।

निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभरको रुपमा हेरेको बताउनु भयो । अनपपुलर हुने डर नराखि सरकारले राम्रो निर्णयसहित बजेट ल्याएको बताउनु भयो । टिकटमा भ्याट नलाग्ने कुराको व्यवस्थामा सरकारले जोड दिन नसकेको बताउनु भयो ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘हामीले दिएका अधिकांश सुझाव बजेटमा समेटिएका छन् । केही कुराहरु एकदमै प्रायोरिटी दिएर राखिएको कुराहरु समावेश भएको छैन । बजेटले निजी क्षेत्रलाई प्राथमिकता दिएर निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभरको रुपमा हेरेको छ । सरकारले राम्रो डिसिजन गर्न अनपपुलर हुने डर नराख्नुस् भनेको थिएँ । पर्यटन क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ ।

डिटिएसको कुरा र टिकटमा भ्याटको कुराले हाम्रो यहाँको सर्भिस महंगो भएर बाहिरबाट टिकट लिने भएकाले त्यसलाई प्राथमिकता दिइएको देखिएन । हाइड्रोपावरको डेभलपमेण्ट, यहाँको सिमेन्ट, फलाम युज गर्ने, यहाँका मान्छे प्रयोग गर्ने, यसमा प्राथमिकता दिनुपर्ने बेला हो ।’

अध्यक्ष ढकालले बजेटले ६ प्रतिशतको आर्थिक ग्रोथको लक्ष्य लिएको भन्दै कार्यान्वयन गरेको खण्डमा सम्भव रहेको बतउनु भयो । सुशासनको प्रत्याभुति दिलाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताउनु भयो ।