२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलमलाई सफाइ दिएका न्यायाधीशहरूविरूद्ध न्याय परिषदमा उजुरी



न्याय परिषद्
अ+ अ-

काठमाडौँ । रौतहटमा बम बिस्‍फोटपछि इँट्टाभट्टामा जलाएर मारेको आरोप लागेका नेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ दिएका दुई न्यायाधीशहरूविरूद्ध उजुरी परेको छ ।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनविरूद्ध न्याय परिषद्मा उजुरी परेको हो ।

जिल्‍ला अदालत रौतहटले देखाएका आधारलाई बेवास्ता गरी फैसला गरेको भन्दै छानबिन गर्नुपर्ने माग राखिएको छ ।

गत बुधबार न्यायाधीशहरू थारू र महर्जनको इजलासले आलमसहित चार जनालाई सफाइ दिने फैसला गरेको थियो ।

आलमसँगै उनका भाइ मोहम्मद महताब आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनीले पनि सफाइ पाएका छन् ।

जिल्ला अदालत रौतहटले उनीहरू चारै जनालाई २०८१ वैशाख १३ गते जन्‍मकैदको फैसला गरेको थियो ।