११ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनको अवरोध हटाउन सभामुखले थाले छलफल



अ+ अ-

काठमाडौं । संसद्को अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले छलफल थालेका छन् ।

सिंहदरबारमा सभामुखसहित दलका मुख्य सचेतक र प्रमुख सचेतकको बैठक जारी छ ।

बैठकमा सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरलगायत विषयमा छलफल चलिरहेको नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रतिपक्ष दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन चल्न नदिने बताएका छन् ।

यसैबीच, प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने निर्णय गरेको छ ।