काठमाडौँ । कांग्रेसका पूर्वसांसद अफताब आलमले सफाइ पाएका छन् ।
जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । तर, उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै सफाइ दिएको हो ।
उनले बम विस्फोट गरी व्यक्ति हत्याको गरेको आरोप खेप्दै आएका छन् । संविधान सभाको निर्वाचनको अघिल्लो रात २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए ।
उनी घटनाको १२ वर्षपछि १९ असोज २०७६ मा पक्राउ परेका थिए ।










