काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
बालकोटको बृहस्पति मागैस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्दै आएकी ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी हुन् ।
आइतबार दिउँसो भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको हो । शाहीको स्थायी घर जाजरकोट रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरीले सुसाइड नोट पनि फेला पारेको छ ।
उनको शरिरमा बाहिरी कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ । मृतक शाहीका छोराछोरी विशेदमा छन् भने श्रीमान् कामको सिलसिलामा उपत्यका बाहिर रहेको बताइएको छ ।










