१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री विवादमा परेका बेला एमाले सचिवालय बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जानेहरुबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको आरोप लागिरहेका बेला पहिलोपटक एमाले बैठक बस्न लागेको हो ।

बैठकमा गृहमन्त्री विवादमा परेको विषयमा कुरा गर्ने भएको छ । एमालेका केही सदस्यहरुले गृहमन्त्रीलाई बर्खास्त गरेर छानबिन गर्न प्रधानमन्त्रीलाई सुझाव दिने तयारी गरेका छन् ।

कांग्रेसभित्रैबाट लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठेका बेला एमाले बैठकमा पनि यस विषयमा छलफल हुने भएको हो ।

कांग्रेस नेता शेखर कोइरालाले नैतिकताका आधारमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताइसक्नुभएको छ ।

एमाले सचिवालय बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन् ।