७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

युपीएफ को भर्चुअल समिटमा विश्व नेताहरुद्वारा कोभिड-१९ पछिको नयाँ विश्व व्यबस्थाको बारेमा छलफल

युपीएफ को भर्चुअल समिटमा विश्व नेताहरुद्वारा कोभिड-१९ पछिको नयाँ विश्व व्यबस्थाको बारेमा छलफल
अ+ अ-

युनिभर्सल पिस फेडेरेशन (युपीएफ) एशिया प्यासिफिक द्वारा आयोजित "समिट काउन्सिल फर पिस एशिया प्रशान्त भर्चुअल समिट" मा विश्व नेताहरूले कोभिड १९ को विश्वव्यापी विपत्तिको घडीलाई छिटो र प्रभावकारी रूपमा सम्बोधन गरेर नयाँ विश्व व्यबस्थाको तयारीमा जुट्न आग्रह गरेका छन् । भर्चुअल सम्मेलनलाइ सम्बोधन गर्ने १३ जना विश्व नेताहरूले कोभिड १९ ले सृजित चुनैतिहरुलाई नयाँ अवसरका रुपमा रुपान्तरण गर्नु पर्ने बताय । बक्ताहरुले यस स्वास्थ्य महामारीले समाजका सबै क्षेत्रलाई ठुलो धक्का दियकोले यसको समाधानमा पनि सबै एकताबद्ध भयर अघि बढ्नु पर्ने धारणा राख्नु भयो । ध्रुवीकरण तथा दोषारोपणले चुनैतिको सामनामा कठिनाई सृजना गर्छ भन्दै विश्व नेताहरूले कोभिड १९ को महामारीलाई एक "वेक अप कल" को रूपमा व्याख्या गरेका छन् । विश्व नेताहरूले मानवताको गन्तव्य साझा रहेको बताउदै यस विषम परिस्थितिमा एक-आपसमा हौसला तथा मित्रताको भावना संचार गर्न जोड दिय।

विश्व नेता तथा प्रथम महिलाहरूले इन्टरनेश्नल समिट काउन्सिल फर पिस कि सस्थापिका डा. हाक जा हान मुनले विश्व भर शान्ति र भातृत्वको अभिबृद्धि गर्ने कार्यक्रम संचालन गरेर संसारमा आशाको ज्योति प्रदान गरेको बताय । जुलाई ९, २०२० मा दुइ घण्टा सम्म चलेको अन्तर्राष्ट्रिय समिट काउन्सिल फर पीसको शिखर सम्मेलनमा ८ जना वर्तमान तथा पूर्व राष्ट्र प्रमुख / सरकार प्रमुखहरू एवं ५ जना प्रथम महिलाहरूले सम्बोधन गरेका थिए, जसलाई ६ वटा भाषामा अनुवाद गरिएको थियो। उक्त भर्चुअल शिखर सम्मेलका लागि १०६ राष्ट्रहरुका ९,००० जनाले सहभागिताका लागि नाम दर्ता गरेका थिए । सम्मेलनको शीर्षक "कोभिड १९ पछिको विश्वको पूनर्निर्माण तथा नवीकरणः अन्तनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मूल्यमान्यता" रहेको थियो ।विश्व नेताहरुले कोभिड १९ का कारण सृजित सबै चुनौतिमा मानब जातिले छिटै विजय हासिल गर्ने बिश्वाश ब्यक्त गरे ।

कार्यक्रमका मुख्य वक्ताहरूमा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्ष, यूपीएफका अन्तर्राष्ट्रिय नेताहरु डा. थोमस जी. वाल्स र डा. युन योङ्ग हो, गणतन्त्र किरीबाटीका पूर्व राष्ट्रपति एनोटे टोङ, मार्शल द्वीप गणराज्यका पूर्व राष्ट्रपति केसई नोट, भानुवाटुका पूर्व राष्ट्रपति जर्ज सोकोमानु, नेपालका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, सोलोमन टापुका पूर्व प्रधानमन्त्री ड्यानी फिलिप, मंगोलिया र नेपालका पूर्व उपप्रधानमन्त्रीहरु क्रमशः तसेरेन्द्रश औयुनबाटर र सुजाता कोइराला रहेका थिए। नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झाले सभापतित्व गर्नुभएको भर्चुअल शिखर सम्मेलनमा एशियाली सांस्कृतिक परिषदले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्यो ।

अन्तर्राष्ट्रिय समिट काउन्सिल फर पीस, वर्तमान तथा पूर्व राष्ट्र तथा सरकार प्रमुखहरूको अन्तर्राष्ट्रिय संजाल हो, जसले जलवायु परिवर्तन, द्वन्द्व, गरीबी, युद्ध, आतंकबाद, भ्रष्टाचार तथा पारिवारिक विखण्डन जस्ता साझा समस्याहरूको समाधान वार्ता र सहकार्यको माध्यमबाट गर्न पहलकदमी लिन्छ र विश्वका हरेक गम्भीर समस्याहरूलाई सम्बोधन गर्न आफ्ना सिफारिशहरू प्रस्ताव गर्ने गर्दछ ।उक्त भर्चुअल शिखर सम्मेलनमा पूर्व मन्त्रि एकनाथ ढकाल सहजकर्ताको भूमिकामा थिए।