६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश



अ+ अ-

काठमाडौँ । नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश गरेको छ ।

थाइल्यान्डमा जारी छनोटअन्तर्गत शुक्रबार हुने भनिएको हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएसँगै नेपाल सुपर-३ मा प्रवेश गरेको हो ।

नेपाल र हङकङको समान ५ अंक भए पनि नेपालले बढी जितका आधारमा सुपर-३ मा पुगेको हो । समुहचरणमा नेपालले ४ खेलमा २ जित, १ हार र १ खेलमा अंक बाडेर ५ अंक जोडेको छ । यस्तै, हङकङको ४ खेलमा १ जित र ३ अंक बाड्दा समान ५ अंक बनाएको थियो ।

नेपालले अब सुपर-३ मा यूएई र थाइल्याण्डसँग खेल्नेछ । सुपर-२ का शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा प्रवेश गर्नेछन् ।