१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर



अ+ अ-

एजेन्सी । करिब ९० हजार मानिसले काम खोजेर पनि अप्रिलमा अस्ट्रेलियाको बेरोजगारी दर स्थिर रहेको जनाइएको छ ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बिहीबार जारी गरेको आधिकारिक तथ्याङ्कले अप्रिलमा दोस्रो लगातार महिनाका लागि आधिकारिक बेरोजगारी दर चार दशमलव एक प्रतिशत रहेको बताएको छ ।

एबिएसले मार्च र अप्रिलको बीचमा कार्यरत अस्ट्रेलियालीहरूको सङ्ख्या ८९ हजारले वृद्धि भएको र सोही अवधिमा बेरोजगारहरूको सङ्ख्या छ हजारले वृद्धि भएको बताएको छ ।

काम पाएका ८९ हजार मानिसमध्ये ६५ हजार महिला थिए । महिला रोजगारी वृद्धि मुख्यतया पूर्ण–समय काम पाउने खालको थियो । यो ४२ हजारले बढेको थियो ।

एबिएसको तथ्याङ्कअनुसार पछिल्लो १२ महिनामा रोजगारीमा तीन लाख ९० हजार अर्थात दुई दशमलव सात प्रतिशतले वृद्धि भएको छ । यो १५ वर्ष वा सोभन्दा बढी उमेरका दुई दशमलव एक प्रतिशतको जनसङ्ख्या वृद्धि दरभन्दा बढी हो ।

रोजगार–जनसङ्ख्या अनुपात मार्चमा ६४ दशमलव एक प्रतिशतबाट बढेर अप्रिलमा ६४ दशमलव चार प्रतिशत पुगेको छ । यो जनवरीमा सेट गरिएको ६४ दशमलव पाँच प्रतिशतको रेकर्ड भन्दा थोरै हो ।

काम गर्ने उमेरको जनसङ्ख्याको अनुपात मापन गर्ने वा कार्यरत रहेका वा सक्रिय रूपमा काम खोजिरहेका सहभागिता दर मार्च र अप्रिलको बीचमा ६६ दशमलव आठ प्रतिशतबाट बढेर ६७ दशमलव एक प्रतिशत भयो ।

“३५–४४ वर्ष उमेर समूहका लागि सहभागिता दर सबैभन्दा ठूलो वार्षिक वृद्धि थियो, यो एक दशमलव नौ प्रतिशत विन्दुले बढेर ८८ दशमलव तीन प्रतिशत भयो”, एबिएसका श्रम तथ्याङ्क प्रमुख सीन क्रिकले भन्नुभयो ।