२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने परिस्थिति निर्माण गर्न सरकारलाई संसदीय समितिको निर्देशन



अ+ अ-

काठमाडौँ । संसदको आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन हुने परिस्थिति निर्माण गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

बिहीवार सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद भवनको हालसम्मको प्रगति सम्बन्धमा छलफल गर्न बसेको सङ्घीय संसद्अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

समिति सभापति ठाकुरप्रसाद गैरेले आगामी हिउँदे अधिवेशनमा प्रतिनिधिसभा र राष्ट्रिय सभा नयाँ संसद भवनमा सञ्चालन होस् भन्ने आफूहरूको स्पीरिट रहेको बताउनु भयो । उहाँले सम्झौताअनुसार फिल्डमा कार्यरत रहनुपर्ने मेसिनरी, मेट्रियल र म्यानपावरको दैनिक अनुगमन गर्न, सामग्री तथा गुणस्तरको निरन्तर अनुगमन र त्यसमा देखिएको कमीकमजोरीको तत्काल सुधार गर्नुपर्ने निर्देशन दिन सरकारलाई निर्देशन दिनुभयो । उहाँले प्रविधि जडान र इन्टेरियर कार्यको सचिवालयका सम्बन्धित अधिकारीहरूसँग निरन्तर समन्वय र तोकिएको समयमा काम हुने गरी त्यसको अनुगमन गर्न समेत सरकारलाई आग्रह गर्नुभयो । सभापति गैरेले हरेक महिना कार्य प्रगतिको अन्तिम मूल्याङ्कन र निष्कर्षसहितको १५–१५ दिनको रिपोर्ट तयार गरी समितिलाई समेत पठाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, “सम्झौताअनुसार फिल्डमा कार्यरत रहनुपर्ने मेसिनरी, मेट्रियल र म्यानपावरको दैनिक अनुगमन, सामाग्री तथा गुणस्तरको निरन्तर अनुगमन र त्यसमा देखिएको कमीकमजोरीको तत्काल सुधार गर्नुपर्ने निर्देशन, प्रविधि जडान र इन्टेरियर कार्यको सचिवालयका सम्बन्धित अधिकारीहरूसँग निरन्तर समन्वय र तोकिएको समयमा काम हुनेगरी त्यसको अनुगमन, हरेक महिना कार्य प्रगतिको अन्तिम मूल्याङ्कन र निष्कर्ष हुने र त्यसमा १५–१५ दिनको रिपोर्ट तयार हुनुपर्ने र समितिमा पठाउनुपर्ने, त्यसले अल्लि जिम्मेवारी बोध होला भन्ने लाग्छ । अहिले जुन परिस्थिति छ, हाम्रो स्पीरिट आउने हिउँदे अधिवेशनमा प्रतिनिधिसभा र राष्ट्रिय सभा नयाँ संसद् भवनमा सञ्चालन हुने परिस्थिति बन्नुपर्छ भन्ने हाम्रो स्पीरिट हो ।”

उहाँले तोकिएको समयमा नयाँ संसद् भवन निर्माण नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै नयाँ थप गरिएको म्यादमा पनि संसद भवन निर्माण हुनेमा शङ्का व्यक्त गर्नुभयो ।