७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवाद घोषणा गर्ने समय भएको छैनः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवाद घोषणा गर्ने समय नभएको बताउनुभएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले समाजवाद तत्काल घोषणा गरेर मात्रै नहुने बताउनु भयो । उहाँले समाजमा रहेको अराजकता नियन्त्रण गर्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले समाजवादको दिशामा अघि बढ्ने कुरा राम्रो भएपनि समाजवाद घोषणा गरिहाल्ने समय नभएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘माननीय प्रश्नकर्ता मान्यज्यु समाजवादकै बारेमा चिन्तन गरेर, मनन गरेर, दिमाग खेलाएर परिपक्व उमेरमा पुग्नुभएको मान्छे । यस्तो अवस्थामा, यतिबेला समाजवाद तत्काल घोषणा गरेर हुने कुरा हो र ? अराजकता यस्तो छ, समाजमा घोषणा गरेर समाजवाद होला । यो अराजकता नियन्त्रण गर्नु पर्दैन ? सामाजिक सञ्जाल यस्तो छ । अहिले त्यो १५ गतेको घटनाको कोही माइबाब भेटिँदैन, को आयोजक?समाजवादतर्फ अघि बढ्ने नै हो । तर समाजवाद घोषणा गर्ने बेला भएको छैन । त्यस दिशामा अगाडि बढ्ने हो ।’

प्रधानमन्त्री ओलीले सरकार समाजवादको दिशामा अघि बढिरहेको बताउनु भयो ।