२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का



अ+ अ-

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण र सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डीडीए) गरिने बताउनुभएको छ ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खड्का यस्तो बताउनुभएको हो ।

उहाँले श्वेतपत्रमार्फत विद्युत प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको बताउनु भयो । विद्युत प्राधिकरण घाटामा गएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले प्राधिकरणको अहिलेको यथार्थ सार्वजनिक गरिएको भन्दै अध्ययन गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘श्वेतपत्रमा अहिलेको जे यथार्थ हो त्यो ल्याइदिएको हो । त्यसको राम्रोसँग अध्ययन गर्नको लागि म सबैलाई सल्लाह पनि दिन चाहान्छु । हामी प्राधिकरणको पछिल्लो अवस्थाको डिडिए गराउँछौं ।’

अब मुलुकमा लोडसेडिङ नहुने समेत मन्त्री खड्काले स्पष्ट पार्नुभयो । प्राधिकरणले गत शुक्रवार श्वेतपत्र जारी गर्दै सहायक तथा संवद्ध कम्पनीहरूको प्रवद्र्धनका लागि कुल ४१ अर्ब १३ करोड रुपैयाँ संस्थागत जमानत प्रदान गरेको जनाएको थियो । बाँकी भुक्तानीको लागि जगेडा नरहेको हुँदा १० अर्ब रुपैयाँ अल्पकालिन ऋण लिने प्रक्रिया अगाडि बढेको जानकारी गराएको थियो ।