९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

गति लिँदै महाकाली सिँचाइ तेस्रो चरणले

गति लिँदै महाकाली सिँचाइ तेस्रो चरणले
अ अ+ अ-

दोधारा चाँदनी । राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि महाकाली सिँचाइ तेस्रो चरणको कामले गति लिन थालेको छ । आर्थिक वर्ष २०६३/६४ देखि सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाका लागि सुरुआतदेखि नै पर्याप्त बजेट नहुँदा निर्माण कार्यले गति लिन सकेको थिएन ।

सरकारले आव २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि निर्माण कार्यले तीव्रता पाएको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका प्रमुख योगेन्द्र मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको हालसम्मको प्रगति २६ प्रतिशत मात्रै रहेको छ ।

“बजेट अभाव, मुआब्जा वितरण र वनको समस्याका कारण आयोजनाको कामले गति लिन सकेको थिएन”, उहाँले भन्नुभयो, “२०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि सरकारको प्राथमिकतामा परेको हो । त्यसपछि मात्रै आयोजनाका लागि बजेट आउन थालेको हो ।”

प्रमुख मिश्रले टनकपुरदेखि कैलालीको गोदावरीसम्म ४८ किलोमिटर मूल नहर निर्माण गर्नुपर्ने भए पनि २८ किलोमिटर मूल नहर मात्रै निर्माण सम्पन्न भएको छ । बाँकी २० किलोमिटर नहर निर्माणको काम भइरहेको छ । “निर्माण सम्पन्न भएको २८ किलोमिटर मूल नहरबाट सिँचाइका लागि २२ शाखा नहर निर्माणको काम अन्तिम चरणमा पुगेको छ,” उहाँले भन्नुभयो, “यसै वर्षदेखि चार हजार हेक्टर जमिनमा सिँचाइ उपलब्ध गराउने गरी हाम्रा संरचना तयार भएका छन् ।”

विक्रम संवत् २०७७ माघमा भएको निर्णयअनुसार २०८७ सालसम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण गरिसक्ने लक्ष्य छ । लक्ष्यअनुसार मूल नहरसहित १५१ किलोमिटर नहर निर्माण भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । प्रमुख मिश्रका अनुसार हालसम्म रु नौ अर्ब खर्च भइसकेको छ । चालु आवमा पनि आयोजनाका लागि करिब रु दुई अर्ब बजेट विनियोजन भएको थियो ।

“नहर निर्माण गर्न १० हजार रूख कटान गर्नुपर्नेछ । यसका लागि गत वर्ष मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ, हामीले पनि विभागसँग सम्झौता गरेका छौँ”, आयोजना प्रमुख मिश्रले भन्नुभयो, “एक हप्ताभित्रै रूख कटानको आदेश आउने प्रक्रियामा छ ।”

नेपालतर्फ पाँच हजार हेक्टरमा सिँचाइ गर्ने संरचना तयार भए पनि भारतीय पक्षले मूल नहरमा पानी नछोड्दा समस्या भएको प्रमुख मिश्रले बताउनुभयो । भारतीय पक्षले टनकरपुबाट पानी छोडे ब्रह्वदेव क्षेत्रका किसानलाई सिँचाइ सुविधा उपलब्ध हुने उहाँको भनाइ छ । आयोजनाबाट कञ्चनपुरको ९० प्रतिशत खेतीयोग्य जमिनममा सिचाँइ सुविधा पुग्छ । खेतीयोग्य जमिनमा सिचाँइ सुविधा उपलब्ध नहुँदा यहाँका किसानहरु हरेक वर्ष आकासे पानीको भरमा खेती गर्न बाध्य छन ।

“मैले सात बिघा जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको छु अन्यखेती भन्दा उखुमा बढी पानी आवश्यक भएकाले यहाँ सिँचाइको समस्या हुन्छ ।” स्थानीय तेजबहादुर चन्दले भन्नुभयो, “यो क्षेत्रमा दुईवटा सुगर मिल छन्, उखुखेती धेरै हुन्छ, बोरिङबाट सिँचाइ गर्दा लागत धेरै लाग्ने गरेको छ ।”

विसं २०४५ देखि खेती गर्दै आएका बेदकोट नगरपालिका–७ का विष्णु भट्टले महाकाली सिँचाइ तेस्रो चरणबाट सिँचाइ उपलब्ध भए यहाँका किसानहरुलाई धेरै राहत पुग्ने बताउनुभयो । “सिचाँइ सुविधा नहुँदा हामीले आकासे पानीको भरमा रोपाइँ गर्नुपर्छ,” उहाँले भन्नुभयो, “नहरमा पानी आए हामीलाई धेरै सुविधा पुग्छ, कम खर्चिलो पनि हुन्छ ।”

कृषि ज्ञान केन्द्रका अनुसार कञ्चनपुरमा कुल खेतीयोग्य एक लाख ६१ हजार ७४१ हेक्टर जमिन रहेको छ । जसमध्ये ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा खेती हुने गरेको छ । यसको २९ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा उपलब्ध हुने गरेको छ । कञ्चनपुरमा हाल महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ ।

विसं २०४२ मा सुरु भई २०४८ मा सम्पन्न भएको महाकाली सिँचाइ पहिलो चरणबाट चार हजार ८०० हेक्टर र २०५२ मा सम्पन्न भएको दोस्रो चरणबाट ६ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ  । पहिलो र दोस्रो चरणको सिचाँइबाट यहाँको भीमदत्त, बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकासम्म सिँचाइ सुविधा उपलब्ध छ । तर सुक्खा याममा भारतले नेपालतर्फ थोरै पानी छोड्ने भएका कारण बेलौरी नगरपालिकासम्म पानी पुग्दैन जसका कारण यहाँका किसानहरुले पानी नपाउने समस्या झेल्दै आएका छन् ।