११ श्रावण २०८३, सोमबार
,
Latest
साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिजिटल ट्यालेन्टका लागि आवेदन खुला



अ+ अ-

काठमाडौँ। हुवावेले नेपालले सूचना प्रविधि र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको ‘सिड्स फर द फ्युचर, २०२५’का लागि आवेदन खुला गरेको छ ।

‘बिल्डिङ अ फुल्ली कनेक्टेड, इन्टेलिजेन्ट वल्र्ड वाई कल्टिभेटिङ डिजिटल ट्यालेन्ट’ नारासहित सुरु भएको उक्त कार्यक्रम नेपालका विभिन्न कलेज तथा विश्वविद्यालयमा स्नातक तह अध्ययनरत सूचना प्रविधिमा रुचि राख्नेका लागि लक्षित गरिएको जनाइएको छ ।

विद्यार्थीलाई अन्तरराष्ट्रियस्तरसम्मको पहुँच स्थापित गर्न सघाउने उक्त कार्यक्रममा सहभागी हुन योग्यता पुगेका इच्छुक विद्यार्थीले यही वैशाख २५ गतेदेखि जेठ ११ गते (मे ७ तारिखदेखि मे २५) सम्म आवेदन दिनसक्ने हुवावे नेपालले जनाएको छ ।

“हुवावेको यो कार्यक्रम सूचना प्रविधिमा रुचि राख्ने स्नातक तहमा अध्ययनरत विद्यार्थीका लक्षित गरिएको छ”, हुवावेले भनेको छ, “इनोभेसन, डिजिटलाइजेशन, दिगोपन, उद्यमशीलता तथा सांस्कृतिक आदानप्रदानमा रुचि राख्नेका लागि यो कार्यक्रम तयार पारिएको हो ।”

नेपालमा आयोजना हुन लागेको यो छैटौँ संस्करणको कार्यक्रम हो । हुवावेले सन् २०१९ देखि नेपालमा यो कार्यक्रम सञ्चालन गरिसकेको छ । नेपालबाट हालसम्म यस कार्यक्रममा १५० जना सहभागी भइसकेका छन् ।

आवेदकहरुमध्येबाट निर्णायक मण्डलले विभिन्न चरणमार्फत सहभागी छनोट गर्छन् । छनोट भएका विद्यार्थीहरु नेपालमा आयोजना हुने विभिन्न कार्यक्रममा सक्रिय रुपमा सहभागी हुनेछन् । त्यस अवसरमा उनीहरु कार्यशाला, अध्ययन भ्रमण, अन्तर्वार्ता र प्रस्तुतीकरणलगायत चरणमा सहभागी हुनेछन् ।

विभिन्न चरणपछि छनोट हुने उत्कृष्ट विद्यार्थीले चीनमा आयोजना हुने प्रशिक्षण तथा क्षेत्रीय प्रतिस्पर्धामा भाग लिने अवसर प्राप्त गर्नेछन् । क्षेत्रीय प्रतिस्पर्धामा उत्कृष्ट हुने विश्वव्यापी प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । चीनमा रहँदा उनीहरुले अत्याधुनिक प्रविधिसम्बन्धी कार्यशालामा भाग लिनेछन् ।

उनीहरुले आफ्नो उद्यमशीलतासम्बन्धी अवधारणा सुनाउने अवसरका साथै हुवावेका तथा अन्य अन्तरराष्ट्रिय विज्ञमार्फत परामर्श प्राप्त गर्नेछन् । चीनमा आयोजना हुने कार्यक्रममा १०० भन्दाबढी देशका सूचना प्रविधिमा रुचि राख्ने व्यक्तिहरुसँग विद्यार्थीहरुले साक्षातकार गर्ने अवसर प्राप्त गर्नेछन् । डिजिटल प्रतिभा विकासमा सघाउन, भविष्यका डिजिटल क्षेत्रका नेतृत्वकर्तालाई प्रविधि र अन्तर–सांस्कृतिक अनुभव प्रदान गर्न कार्यक्रम सफल हुने विश्वास गरिएको छ ।

कार्यक्रममा सहभागीहरुले अन्तरराष्ट्रिय ब्राण्डसँग काम गर्न पाउने अवसर प्राप्त गर्नेछन् । हुवावेका अनुसार सहभागीहरुले कृत्रिम बौद्धिक (आर्टिफिसियल इन्टेलिजेन्स), फाइभजी, ग्रीन टेक र पछिल्लो समय सूचना प्रविधिमा विकसित जानकारी हासिल गर्नेछन् । सन् २००८ मा थाइल्याण्डबाट सुरु भएको यस कार्यक्रमबाट हालसम्म १४२ देशका १९ हजारभन्दा बढी विद्यार्थीहरूलाई लाभान्वित भइसकेका छन् । रासस