२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी



अ+ अ-

एजेन्सी । इरान समर्थित हुथी विद्रोहीले बेन गुरियन विमानस्थलमा गरेको आक्रमणको केही दिनपछि इजरायली रक्षामन्त्री काट्जले इरानलाई पनि हमासको अवस्थामा पुर्‍याउने चेतावनी दिनुभएको छ ।

“म इरानी नेताहरूलाई चेतावनी दिन चाहन्छु, अब छद्म प्रणाली समाप्त भएको र दुष्टताको धुरी ध्यस्त भएको छ इजरायलले हतियार बनाउने, शोषण गर्ने र हुथी आतङ्कवादी सङ्गठनलाई आर्थिक सहयोग गर्ने जो कोहीविरूद्ध कारबाहीमा उत्रनेछ,” काट्जले एक विज्ञप्तिमा भन्नुभयो ।

उहाँले भन्नुभयो, “तपाईंहरू प्रत्यक्ष रूपमा जिम्मेवार हुनुहुन्छ । बेरुतको हिजबुल्लाह, गाजाको हमास, दमास्कसमा अहिले अपदस्थ सिरियाली राष्ट्रपति बशर अल असदलाई हामीले जे गरेका छौँ, तेहरानमा पनि त्यस्तै हुनेछ ।”

हिजबुल्लाह र हमाससँगै यमनका हुथी विद्रोहीहरू इजरायल र उसको सहयोगी संयुक्त राज्य अमेरिकाविरुद्ध इरानको ‘प्रतिरोधको धुरी’ को हिस्सा हुन्। हिजबुल्लाहले सन् २०२३ को अक्टोबरमा आफ्नो सहयोगी हमासको समर्थनमा आक्रमण सुरु गरेको थियो ।

नोभेम्बरमा भएको युद्धविरामसँगै समाप्त भएको शत्रुताको एक वर्षमा इजरायली सेनाले हिजबुल्लाहलाई छियाछिया बनाइदिएको छभने हमासको नेतृत्व अक्टोबर ७ मा भएको आक्रमणबाट सुरु भएको युद्धमा ध्वस्त भएको छ ।

हुथी विद्रोहीहरूले गाजामा प्यालेस्टिनीहरूको समर्थनमा इजरायलविरुद्ध अभियान सञ्चालन गर्ने क्रममा आइतबार तेल अभिभ नजिकै इजरायलको मुख्य विमानस्थलमा आक्रमण गरेका थिए ।

इरानले हुथी विद्रोहीको आक्रमणमा सहयोग गरेको अस्वीकार गर्दै आएको छ ।

इजरायलले विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानाको विमानस्थल र राजधानी र वरपरका विद्युत गृहमा आक्रमण गरेर हुथी विद्रोहीविरुद्ध आक्रमण गरेको थियो ।

अमेरिका र हुथी विद्रोहीबीच युद्धविराम सम्झौता गराउन पहल लिएको मध्यस्थ ओमानले मङ्गलबार सम्झौताको घोषणा गर्दै सम्झौताले रेड सीमा ‘आवागमनको स्वतन्त्रता’ सुनिश्चित गर्ने बताएको छ । यमनी विद्रोही समूह हुथीले गाजामा हमासमाथिको इजरायली आक्रमणविरूद्ध सहयोग गर्न रेड सी क्षेत्रमा पानीजहाजमा आक्रमण गर्दै आएको छ ।

हुथी विद्रोहीले यमनमा हप्तौँदेखि जारी अमेरिकी आक्रमणको अन्त्य भएको सम्झौताका बावजुद रेड सीमा इजरायल र इजरायल समर्थक मुलुकका जहाजलाई निशाना बनाउने प्रतिबद्धता जनाएको छ ।