५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेका वैवाहिक बलात्कार आरोपित पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले वैवाहिक बलात्कारको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पूर्जी जारी भएलगत्तै फरार रहेका काभ्रेको चौरी देउराली गाउँपालिका–७ घर भएका अभियुक्तलाई काठमाडौं हाँडीगाउँस्थित आफन्तको घरबाट पक्राउ गरिएको हो ।

आरोपिलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले वैशाख २३ गते पक्राउ गरेर  जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा बुझाइएको हो ।

पक्राउपछि अभियुक्तलाई कानुनी दायराभित्र ल्याई आवश्यक अनुसन्धान र कारबाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका डिएसपी मिन बहादुर घलेले जानकारी दिए ।

पक्राउ परेका अभियुक्तविरुद्द २०८१ साल वैशाख ३० गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दर्ता गराएका थिए । त्यसपछि आवश्यक अनुसन्धान गरी काभ्रेपलान्चोक जिल्ला अदालतले २०८१ जेठ १८ गते पक्राउ पूर्जी जारी गरिएको थियो।