२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादीद्वारा जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलनको घोषणा



अ+ अ-

काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै राजावादीले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेको छ ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले जनआन्दोलन घोषणा गरेका हुन् ।

राजसंस्था स्थापना नभएसम्म आन्दोलन जारी रहने बताउदै उनले भने, ‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं । हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ ।’

घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायतका उपस्थित छन् ।