३१ जेष्ठ २०८३, आईतवार
,
Latest
पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्- हेर्न नछुटाउनुस्



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र ‘उनको स्विटर’को प्रिमियर सम्पन्न भएको छ ।

बुधवार साँझ काठमाडौंको एक सिनेमा हलमा प्रिमियर सम्पन्न भएको हो । प्रिमियरमा राजनीतिक व्यक्तित्वदेखि कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । चलचित्र हेर्न पुग्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङदेनले चलचित्र एकदमै राम्रो रहेको र हेर्न लायक रहेको बताउनु भयो । उहाँले नेपाली चलचित्रहरु एकपछि अर्को हेर्न लायक र प्रगतिउन्मुख रहेकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चलचित्र एकदमै राम्रो छ । हेर्न लायक छ । नेपाली चलचित्रहरु एकपछि अर्को हेर्न लायक र प्रगतिउन्मुख छन् । धेरै खुशी लागेको छ ।’

चलचित्र हेर्न पुग्नुभएकी उपसभामुख इन्दिरा रानाले चलचित्र वास्तविक कथावस्तुमा आधारित रहेर बनाइएको बताउनु भयो । उहाँले अन्तरजातीय प्रेमसँग कथावस्तु समेटिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘फिल्म वास्तविक कथामा आधारित रहेको छ । अन्तरजातीय प्रेमसँग कथावस्तु समेटिएको छ ।’

त्यस्तै अभिनेता विल्सनविक्रम राईले चलचित्र वैशाख २६ गतेदेखि सिनेमा घरहरुमा आउने बताउँदै चलचित्रले मनमस्तिष्कमा छाप छोड्ने बताउनु भयो । अभिनेत्री रिमा विश्वकर्मा र केकी अधिकारीले चलचित्र राम्रो र गुणस्तरीय रहेको र नेपाली फिल्म क्षेत्रकै लागि गर्व गर्न लायकको चलचित्र बनेको दाबी गर्नुभयो । चलचित्र हेर्न छुटाउन नहुने उहाँहरुको सुझाव छ । अभिनेता विपिन कार्कीले चलचित्र हेरेपछि राम्रो प्रतिक्रिया पाइरहेको र चलचित्रले मन छुने दाबी गर्नुभयो । साथै वैशाख २६ गते सिनेमा घरमा गएर हेरिदिन आग्रह गर्नुभयो । अभिनेत्री मिरुना मगरले सकारात्मक प्रतिक्रिया पाइरहेको र दर्शकको मायाबाट आगामी दिनमा अझ राम्रो गर्दै जाने बताउनु भयो ।

वैशाख २६ गते शुक्रवारबाट देशभर प्रदर्शन हुन लागेको चलचित्र उनको स्विटरमा अभिनेता कार्की र मिरुना मगर मुख्इ भुमिकामा हुनुहुन्छ । अन्य कलाकारमा विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनील पोखरेल, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । आर्टमाण्डु प्रालिको ब्यानरमा पहिलो पटक निर्माण भएको चलचित्रको कथावस्तु सामाजिक विषयवस्तुमा आधारित रहेको छ । चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गर्नुभएको छ ।