२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

लोकतन्त्र र पत्रकारिता एउटा सिकाका दुई पाटा- रेवतीरमण भण्डारी

लोकतन्त्र र पत्रकारिता एउटा सिकाका दुई पाटा- रेवतीरमण भण्डारी
अ अ+ अ-

विराटनगर। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लोकतन्त्र र पत्रकारिता एक सिकाका दुई पाटा भएको बताउनुभएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज यहाँ आयोजित अन्तरक्रियामा उहाँले बजेट, नीति तथा कार्यक्रम तयार गर्ने अवस्थामा सरकारले आम सञ्चारकर्मीबाट सुझावको अपेक्षा राखेको बताउनुभयो । उहाँले लोकतन्त्रमाथि चुनौती दिने र यसको गरिमालाई कमजोर बनाइ जनतामा भ्रम सिर्जना गर्नेसँग सावधान रहन आग्रह गर्नुभयो ।

विद्यमान व्यवस्थामा भएका कमी कमजोरीलाई सच््याउन सकिने तर लोकतन्त्रको विकल्प खोज्न नहुने उल्लेख गर्दै मन्त्री भण्डारीले भन्नुभयो, “पत्रकारिता क्षेत्रलाई बलियो एवं सुदृढ गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।”

मन्त्रालयका सचिव रामप्रसाद आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का र नेपाल पत्रकार महासङ्घ मोरङ शाखाकी अध्यक्ष सुशीला पाठकले पत्रकारिताको विकाससँगै लोकतन्त्रको विकास हुने तर्क गर्नुभयो ।

‘विश्वसनीय सूचनाको अधिकार : जवाफदेहीता पत्रकारिता र सुरक्षित पत्रकार’ प्रमुख नारा रहेको पत्रकारिता दिवसको सो कार्यक्रममा स्वतन्त्र पत्रकार यज्ञ शर्माले पत्रकारिताको समस्या र समाधानका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।